महोत्तरी-विर्ता स्पोर्ट्स क्लबद्वारा यहीँ पुस १४ गतेदेखि फुटबल प्रतियोगिता संचालन हुने भएको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ४ स्थित रहेको विर्ता स्पोर्ट्स क्लवद्वारा फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।
स्वर्गीय राम लखन चौधरीको स्मृति कप नक आउट १२ औ संस्करण प्रदेश स्तरीय फुटबल प्रतियोगिता आउँदो १४ गते शनिबारदेखि संचालन हुने भएका छन् । स्वर्गीय राम लखन चौधरी गाविस अध्यक्ष भएकै बेला जनयुद्ध कालमा उनको गोलि हानि हत्या भएको थियो र उनकै सम्झनामा प्रत्येक वर्ष यो खले खेलाउदै आइरहेका छन् ।
उनि एक इमान्दार र जनप्रेमी नेता रहेकोले आज पनि जनसमुदायहरु उनलाई सम्झिदै यो खेल प्रत्येक वर्ष सफलतापुर्वक गरिरहेको विर्ता स्पोर्ट्स क्लवका सचिव इन्दल राउतले जानकारी दिएका छन् ।
यस प्रदेश स्तरीय फुटबल टुर्नमेन्टमा १६ वटा टिम सहभागी हुने बताएको बताएको छ। साथै यहि पुस ४ गते देखि १२ गते सम्म इच्छुक टिम अनलाइन पेयमेन्ट गरेर दर्ता गर्न सकिन्छ ।





