नेकपा एमालेका केन्द्रिय सदस्य सरोज यादवले ५ पुसपछी यो सरकार ढल्ने दावी गरेका छन ।
सम्बन्ध स्थानिय, सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ झुलाघाट – चिवाभञ्ज्याङ संकल्प यात्रा सकिएपछी प्रचण्ड सरकार ढल्ने यादवले दावी गरेका हुन ।



संसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालतले सफाई दिएपछी महोत्तरीको गौशालामा आयोजित सुभकामना कार्यक्रममा बोल्दै मधेश प्रदेशका संसदिय दलका नेता समेत रहेका यादवले ५ पुस पछि सरकार ढल्ने र नया सरकार वन्ने ठोकुवा गरे ।
बैतडीको झुलाघाटबाट १४ मंसिरदेखि सुरु भएको एमाले यात्रा १ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिदैछ ।
`५ गते पत्रकार सम्मेलन गरेपछी यो सरकारको खुट्टाहरु भत्किन्छ ।´ उन्ले भने । ` सरकार ढल्ने निश्यत छ ।´
सरकारले जन्ताको मनोभावनाअनुसार काम नगरेको हुनाले पनि नया वन्ने सरकार केपी सर्मा ओली कै नेतृत्वमा वन्ने पनि नेता यादवले संकेत गरेका छन ।
अदालतले सफाई दिनुभन्दा अगाडि फरार रहेका कोइरीलाई समेत एमालेले नै संरक्षण गरेको वताउदै भारतमा पक्राउ गर्दा पनि नेपाल प्रहरी छाडेर आएको उन्ले खुलासा गरे ।
पक्राउ परेपछी के गर्ने भन्ने सम्बन्धमा माओवादी केन्द्रका प्रदेश संसद भरत साहसगँ समेत सल्लाह गरेको खुलासा गर्दै जिल्ला अदालतको निर्णय सत्यको पक्षमा भएको वताए ।





