जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका भित्रका विपन्न परिवारलाई दाताको सहयोगले ठूलो राहत भएको छ । उपमहानगरपालिका भित्रका विपन्न परिवारलाई कठ्याङग्रिने चिसोमा न्यानो कपडा पाए पछि उनीहरू दङ्ग परेका छन् ।

जनकपुरधाम का केहि युवा विधार्थीहरुले कपडा संकलन गरेर उपमहानगरपालिका भित्र का केहि ग्रामिण भेगका मुसहर बस्तीहरुमा न्यानो कपडा वितरण गरेका छन्।

चिसोका कारणले विपन्न परिवारका बालबालिका विद्यालय जान समेत छोड्ने गर्छन् । उनीहरूलाई न्यानो कपडा को अभावले विद्यालय नियमित गराउन सहयोग पुग्ने उद्देश्यले कपडा वितरण गरेको कार्यक्रमका संयोजक निर्जला विश्वकर्मा बताउछिन्। उनका अनुसार "हामिले आफ्ना साथीहरु सँग मिलेर पुरानो कपडाहरू संकलन गरी सफा गरेर कपडा जम्मा पारेका थियौ। हामीलाई केहि नयाँ कपडाहरु पसलबाट प्राप्त भएको थियो। धेरै साथीहरुले आफ्नो घरमा काम मा नआएका र प्रयोगविहीन भएका कपडाहरू सफा गरेर दिन आएका थिए। हामीले धेरै साथीलाई कलेजमा कपडा ल्याउन अनुरोध गरेका थियौ। सबैको साथ र सहयोगले थौरै भएपनि केहि परिवारलाई राहत पुगेको छ।

करिब २ सय थान भन्दा बढि कपडाहरू संकलन गरेर वितरण गरेको कार्यक्रमका अर्का अभियानी दिवेश कुमार महतो बताउँछन्। धेरै मानिसहरु कहाँ घरमा प्रयोगविहीन भएका कपडाहरू हुन्छन्,ती कपडाहरू हामिले संकलन गरी सहि ठाउँमा पुर्याएका छौं। साथै हामीले आफ्नो अनावश्यक खर्चलाई कटौती गर्दै बालबालिकाहरुका लागि केहि खानेहरु पनि लागेका थियौं।

पुरानै कपडा भएपनि घरमा आएर दिएको भन्दै स्थानिय एक महिला खुशी ब्यक्त गर्छिन। उनले भनिन् " सरकारहरु यस बारे बेखबर छ । समयमै सरकारको ध्यानाकर्षण होस् ।"

कपडा वितरण गर्नेहरु जनकपुरधाममा अध्यनरत मोनाष्टिक कलेज कानुन संकाय का विधार्थीहरु थिए।





