मधेस प्रदेशकै सुरक्षित बासस्थानकोरुपमा बर्दिवासले काठमाडौंको छोटो गन्तव्यको रूपमा पहिचान बनाउन सफल छ । विगतका केही वर्षमा नै शैक्षिक गन्तव्यको रूपमा पनि पहिचान बनाएको यस बर्दिवास नगरी करिब ४ सय कोठा बासस्थान प्रदान गर्ने साना, मझौला एबं तारे होटल सम्मले व्यवसायीक सफलता प्राप्त गर्न सफल भएको यस क्षेत्रका २ ठूला धार्मिक तिर्थस्थल पञ्चधुरामाई मन्दिर र श्री टुटेश्वर नाथ मन्दिरले वार्षिक ५ लाख दर्शन गर्न आउनेलाई बर्दिवास चिनाएको छ ।
मधेस प्रदेशसँग जोडिएको समानान्तर भारतीय नाकाहरु बिहार राज्यको मदिरामा लगाइएको प्रतिबन्ध यस क्षेत्रको होटल व्यवसायलाई मनग्य नाफा प्रदान गर्दै आएको छ । धार्मिक पर्यटन गन्तव्यको रुपमा परिचित जनकपुरधाममा आउने भारतीय पर्यटकलाई बर्दिबास मा १ दिनको बास बसाई महोत्तरी जिल्लासँग जोडिएको सिन्धुलीले सितलता प्रदान गरी इस्ट इन्डिया कम्पनीले कयौ वर्ष भारतीयलाई दासमा राखेको सिन्धुली दरबारले नेपाल हिजोको दिनमा पनि कठीन परिस्थितिमा सफलता हात पार्न सफल एक बहुधार्मिक, बहुभाषिक, बहुसंस्कृतिकोरूपमा पर्यटनलाई बेच्न सक्ने सम्भावना रहेको छ । साहसिक खेलको रूपमा प्याराग्लाइडिङले सिन्धुली जिल्लालाई पर्यटकिय गन्तब्यको रूपमा परिचित गराउँदै लागेको छ। त्यो चिसो मौसमलाई मधेसको गर्मीसँगै बर्दिबासका पर्यटन व्यवसायीले क्यास गर्न नसक्नु दुखद हो ।



सम्भावनाका खोजीको क्रममा बर्दिबासमा नभएको गन्तव्यहरुलाई होटल तथा पर्यटन व्यवसायीले यो भन्दा ठूलो उपलब्धि प्राप्त गर्न सक्दैनन् । धार्मिक पर्यटकीय क्षेत्रहरुमा पर्यटन प्रवर्धन गर्ने उदेश्यका साथ पोखरीलाई सिमेन्टटेड गर्नु कुनै अर्थ रखिदैन । बर्दिबास नगपालिकाको १४ वडामा प्राकृतिक विशेषता बोकेका पर्यटकिय गन्तव्यहरु थुप्रै छन् । चुरे रेञ्चका पहाडहरूमा साहसिक गतिविधि गर्ने उदेश्यका साथ साईकीलिङ एउटा महतत्वपूर्ण पर्यटनको आकर्षण हुन सक्छ। बर्दिबास ३ स्थित कालापानी पार्क सही र सचेत सोचले एक विशाल जलबिहारको रूपमा पर्यटक प्रवर्धन गर्न सकिन्छ। बर्दिबास वडा न. ११ स्थित चनौटे डाँडा अघोषित मधेश प्रदेशको उच्च पहाडलाई नगरपालिकाको सर्वोत्तम उचाईको रेन्जमा प्रस्तुत गरी पर्यटन प्रवर्धन गर्न सकिन्छ।
कृषि पर्यटन बर्दिबास नगरपालिकाले विकास गर्न सक्ने सम्भावना रहेको छ । उचीत बजारीकरण सरल र व्यवस्थित बजार पानी, बिजुली र अनुदान को मिश्रित गुरु योजनामा नगरपालिकाले विचार गर्ने हो भने बर्दिबास नगरपालिकाको दक्षिणी भेग पशुपतिनगर, प्रेमनगर, किसाननगर, विजलपुरा कृषिको लागि पर्यटकिय गन्तव्य को रूपमा प्रचुर सम्भावना बोकेको क्षेत्र हो । पानी पर्याप्त भएको कारण पोखरी निर्माण त्यसमा माछापालन पोखरीको डिलमा हाँस र बङ्गुर पालन, केरा खेती र मेवा खेती गरी व्यवसायीक फर्मको रूपमा पर्यटन प्रवर्धन गर्न सक्ने प्रसस्त सम्भावनाहरु देखिन्छन । तरकारी खेतीको आधुनिक कारणले यस क्षेत्रको चिनारीमा परिवर्तन ल्याउने देखिन्छ। बर्दिबास नगरपालिका ४, ५ मा हुने परवल खेतीले उचीत बजार नहुँदा व्यवसायीक रूपमा लालबन्दीलाई रोजेको छ। बर्दिबास नगरपालिकाको दक्षिणी भेगमा उत्पादन हुने काउली, गोलभेडा, खुर्सानी, बेगनको उचीत बजार नहुँदा धनुषाको बेङडावरलाई कृषि बजारको रूपमा प्रयोग गर्नुपरेको बाध्यता रहेको यो बर्दिबास नगरपालिकाको लागि ठूलो घाटा हो ।
भारतीय पर्यटकको प्रमुख गन्तव्य जनकपुरधाममा होटलको कमी , उच्च दर रेट तथा उचित सेवा सुविधा नहुनु करिव ४२ कि. मी. नजिक यस बर्दिबासले कहिले महत्त्वका रूपमा हेरेन । यदि जनकपुर केन्द्रित बजारीकरण को अवधारणा समग्र पर्यटन व्यवसायीले बनाउने मात्र हो भने हाल हुने व्यवसायिक लक्ष्यमा १५-२५% को मुनाफा आर्जन गर्न सकिन्छ।
स्थानीय सरकारले पर्यटन लक्षित कार्यक्रम बनाउने बेला निजी पर्यटनको सामूहिक लगानीको वातावरण सृजना गरी जमीन उपलब्ध गराउने र केही आंशिक मुनाफा उदाहरणका लागि १०-१५% नगरपालिकालाई जाने सहमतिको साथ चिल्ड्रेन पार्क , फन् पार्क , स्वीमिङ पुल , साहसिक खेल , केबलकार, स्केटिङ् जस्ता अतिरिक्त पर्यटनलाई टेवा पुग्ने कार्य गरे पर्यटन विकासमा ठुलो मदत पुग्ने देखिन्छ ।
लेखक पर्यटन व्यवसायी तथा नाटा मधेश प्रदेशका माहासचिव हुन् ।




