काठमाडौं । सर्लाहीको बरहथवामा पुस २० मा भएको घटनामा गोली चलाउने वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरिएको छ । छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरेको छ ।
समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए ।
गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव गौतम नेतृत्वको समितिले प्रतिवेदन बुझाएको गृह प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।
बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको थियो । समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । छानबिन समितिले इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपी गंगा थापालाई सरुवा गर्न सिफारिस गरेको छ ।
समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले थापालाई काज सरुवा गरेर उनको स्थानमा मुक्तिनाथ सापकोटालाई पठाउने निर्णय गरेको छ ।
यो पनि पढ्नुहोस :
बरहथवा नगरपालिकामा भएको आन्दोलनमा प्रहरीकाे गाेली लागि एक जनाको मृत्यु,अवस्था तनावग्रस्त
https://shirishnews.com/2024/01/05/52870/
https://shirishnews.com/2024/01/05/52883/
मैले गोली चलाउने आदेश दिएको छैन
https://shirishnews.com/2024/01/06/52910/
बरहथवामा प्रहरीको गोलीबाट हत्या भएका युवकको शव घटनास्थलबाट अझै उठेनन्
https://shirishnews.com/2024/01/06/52914/
बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
https://shirishnews.com/2024/01/06/52922/
सर्लाहीको बरहथवामा कर्फ्युमा पनि शव सहित प्रदर्शन जारी
https://shirishnews.com/2024/01/06/52935/
बरहथवा घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो ३ सदस्यीय समिति
https://shirishnews.com/2024/01/06/52974/
सर्लाहीको वरहथवामा मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय
https://shirishnews.com/2024/01/06/52979/
बरहथवा घटना : यसैवर्ष बुहारी भित्र्याउने ‘विधवा’ आमाको इच्छा नपुर्याउँदै प्रहरीको गोलीले ढले जयशंकर
https://shirishnews.com/2024/01/06/52983/
काँग्रेस-एमालेको जुँगाको लडाई अनाहकमा ज्यान गुमाए जयशंकर
https://shirishnews.com/2024/01/07/52987/
दुई दिनमा पनि उठेन बरहथवामा प्रहरीको गोली लागेर ढलेका जयशंकरको शव
https://shirishnews.com/2024/01/07/53029/
बरहथवामा जयशंकरलाई गोली दाग्ने हवल्दार जिल्ला तानिए
https://shirishnews.com/2024/01/07/53032/
बरहथवा घटना: साहको शव सडकमै, पीडित परिवारले गराए बजार र यातायात बन्द
https://shirishnews.com/2024/01/07/53036/
सर्लाहीको बरहथवामा फेरि तनाव, प्रहरी कार्यालय र मेयरको घरमा ढुंगामुढा
https://shirishnews.com/2024/01/07/53046/
बरहथवामा आन्दोलनरत पक्षसँग ११ बुँदे सहमति
https://shirishnews.com/2024/01/07/53056/
जयशंकरको शव परिवारलाई जिम्मा लगाइयो, जिल्ला तानिए बरहथवाका डिएसपी




