महोत्तरी – दाईजो प्रथालाई चुनौती दिदै मधेश प्रदेशका एक जोडीले आदर्श विवाह गरेका छन्।
महोत्तरी जिल्लाको औरही नगरपालिका वडा २ औरही निवासी संजित कुमार यादवले पर्सा जिल्लाको विरगंज महानगरपालिका वडा १४ निवासी संध्या प्रजापति संग महोत्तरी जिल्लाको उत्तरी भेगमा रहेको बर्दिवास नगरपालिका वडा १० मा रहेको ऐतिहासिक पंचधुरा माईस्थान मन्दिर अगाडी रहेको पंचधुरा पार्टी प्यालेसमा हिन्दू परम्पराअनुसार विवाह गरेका छन् ।



पर्सा जिल्लाको विरगंज महानगरपालिका वडा १४ नगवा निवासी संध्या प्रजापति र महोत्तरी जिल्लाको औरही नगरपालिका वडा २ औरही निवासी संजित कुमार यादवसंग वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

मधेसमा विकृतिको रुपमा फैलिएका दाईजो प्रथालाई निरुत्साहित गर्न दाईजो नलिई बिहे गरेको यादवले बताए । तराई मधेशमा विपन्न देखि हुनेखाने परिवारका युवाहरुले समेत विवाहमा दाइजो लिने गरेका छन् । अझ सरकारी जागिर खाने युवाहरुले धेरै दाइजो बढि लिने गरेका छन् ।
संजित कुमार यादव र संध्या प्रजापतिले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश प्रवाह भएको बेहुलाका काका नागेन्द्र यादवले बताए ।




