फेसबुक, मेसेन्जर र इन्स्टाग्राम विश्वभर समस्या आएको छ । मेटाका प्लेटफर्महरू डाउन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले फेसबुक, मेसेन्जर र इन्टाग्राम लगइन भइरहेको छैन ।
फेसबुक, मेसेन्जर र इन्स्टाग्राम बन्द हुँदा लाखौं प्रयोगकर्ताहरू मेटाका सामाजिक सञ्जालको पहुँच बाहिर पुगेका छन् । मिडिया प्लेटफर्महरू पहुँच गर्न असमर्थ छन्।
फेसबुक भित्रको एक स्रोतले उदृृत गर्दै डेली मेलले लेखेको छ कम्पनीको आन्तरिक प्रणालीहरू पनि डाउन थिए, जसले मंगलबार यस्तो खराबी आउनसक्ने सम्भावना थिए ।
मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो । प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको छ ।
यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही बताइसकेको छैन ।