नेपाली काँग्रेस क्षीरेश्वरनाथ नगपालिकाका नगर कार्यसमितिको आयोजनामा होली मिलन समारोहको आयोजना गर्ने भएको छ।
हिन्दुहरुको महान पर्व होली तथा मुश्लिम धर्मावलम्बीहरुको पाक पर्व रमजानको अवसरमा नेपाली काँग्रेस क्षीरेश्वरनाथ नगपालिकाका नगर कार्यसमितिले धनुषाको महेन्द्रनगरमा यहि चैत्र ७ गते होली मिलन समारोहको अयोजना गर्ने जानकारी सचिव गोबिन्द गिरिले गराएको छ ।
काँग्रेस नगर कार्यसमितिको शुक्रवार सम्पन्न बैठकले कार्यक्रम व्यवस्थापन गर्नको लागि जगदीश यादव, दिपक साह, अख्तर अंशारी, देवु यादव र पोष्ट बहादुर गिरि रहेको ५ सदस्यीय उपसमिति समेत गठन समेत गरेको छ।
काँग्रेस धनुषाका सभापति योगेन्द्र पजियारको प्रमुख आतिथ्यतामा हुने सो समारोहमा नगरभित्रका सम्पूर्ण काँग्रेसका सहयोगी, शुभचिन्तक इष्टमित्रहरुलाई सहभागीताको लागि आमन्त्रण गरिएको छ।




