सप्तरी- सप्तरीको राजविराज कारागारमा १० महिनामा ६ कैदीको मृत्यु भएको छ ।
बलात्कार, ज्यान मार्ने उद्योग र डाँका कसुर, लागूऔषध मुद्दा, मानव बेचबिखन ओसारपसार लगायतका मुद्दामा सजाय काटी रहेका कैदीको मृत्यु भएको कारागार स्रोतले बताएको छ ।
पछिल्लो समय बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका हनुमाननगर कङ्कालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डलले शौचालयमा गम्छाको पासो बनाई झुण्डिएर आत्महत्या गरेका थिए ।
मृत्यु हुनेहरुमा कञ्चनरुप नगरपालिका–३ का ३५ वर्षीय वीरेन्द्रकुमार मलाहा, सप्तरीको तिरहुत गाउँपालिका–५ का २४ वर्षीय सिन्धु सदा, बलान विहुल गाउँपालिका–३ मौवाहाका ६९ वर्षीय लक्ष्मण साह तेली, महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव र राजविराज नगरपालिका–१५ मुसहर्नियाका ६५ वर्षीय नन्दी छन् ।
प्रायको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।




