काठमाडौं । काठमाडौं उपत्यकाको मौसम बदली हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाजहरु अवतरणमा समस्या भएको छ ।
बिहीबार दिउँसो हावाहुरीसहित वर्षा हुँदा विभिन्न देशबाट आएका जहाजहरु अहिले आकाशमै होल्ड भएको विमानस्थल प्रवक्ता सुवास झाले जानकारी दिए ।



दिल्लीबाट आएको भिस्टारा एयर, ढाकाबाट आएको विमान बंगलादेश, थाइल्यान्डबाट आएको लायन एयरलाइन्सको जहाज आकाशमै घुमिरहेका छन् ।
यस्तै, चाइना इस्टर्नको जहाज बंगलादेशको ढाका ‘डाइभर्ट’ भएको छ । भारतको इन्डिगो एयरको जहाज नयाँदिल्ली डाइभर्ट भएको विमानस्थलले जनाएको छ ।




