
भैरहवा- गर्मि वढे सँगै कुलर, एसी को प्रयोग पनि हिजो आज वढेको छ। गर्मि भयो भनेर लगातार एसी र कुलर को प्रयोग गर्दा आगलागी या अन्य दुर्घटना वाट ज्यान पनि जान सक्छ। भारत मा रहेको राजस्थानको जयपुरमा एउटा घरमा एसी विस्फोट भएको छ । विष्फोटपछि घर भित्र आगो लागेको र श्रीमान श्रीमतीको निसास्सिएर मृत्यु भएको र मृतक श्रीमान् इन्टेरियर डिजाइनर थिए भने श्रीमती बैंक म्यानेजरबाट अवकाश पाएकी प्रहरी ले जनाएको छ।
इन्डिया टुडे अनुसार घटना जयपुरको जवाहर नगर क्षेत्रको राम गली कालोनी नम्बर ७ मा भएको हो । १५ जुनको राती ६५ वर्षीय प्रवीण वर्मा र उनकी ६० वर्षीया श्रीमती रेणु आफ्नो कोठामा एसी चलाएर सुतिरहेका थिए । प्रारम्भिक जानकारी अनुसार एसीमा सर्ट सर्किट भएको र आगो बल्न थालेको जनाईएको छ। घरभित्र आगो लागेको देखेपछि छिमेकीले दमकललाई खबर गरेका थिए ।
दमकलको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । टोलीले घरको सिसा तोडेर भित्र पसेको थियो। पुरै घर कालो धुवाँले भरिएको र खोजीका क्रममा दमकलको टोलीले दम्पती ओछ्यान नजिकै अचेत अवस्थामा फेला पारेका थिए । उनीहरु लाई तत्काल अस्पताल लगिएको तर अस्पताल पुग्दासम्म उनको मृत्यु भइसकेको प्रहरी ले जनाएको छ । प्रहरीका अनुसार वृद्ध दम्पतीका एक मात्र छोरा हर्षित वर्मा थाइल्याण्डमा डाक्टर छन् । उनी आफ्नी श्रीमतीसँग थाइल्याण्डमा बस्छन्। प्रहरीले उनीहरुलाई यस घटनाको जानकारी गराएको छ । अब छोरा र बुहारी आएपछि शव बुझाइनेछ ।
भारत मा अत्याधिक गर्मि वढे सँगै एसीमा आगलागीका धेरै घटना यसअघि नै सार्वजनिक भइसकेका छन् । हालै नोएडाबाट पनि एउटा घटना बाहिर आएको छ । ८ जुनको रात नोएडाको सेक्टर ७४ स्थित सुपरटेक केप टाउन सोसाइटीको एसीमा सर्ट सर्किट भएको थियो । जसका कारण आगलागी भएको हो । तर, दमकल घटनास्थलमा पुगेपछि सोसाइटीको दमकल सुरक्षा निकायको सहयोगमा आगो निभाइएको थियो । दुर्घटनामा कोही घाइते भएको खबर आएको छैन ।