महोत्तरी- औरही नगरपालिकामा १४१ भुमिहिन घरपरिवारलाई जागा लालपुर्जा वितरण गरिएको छ।बिहिवार औरही नगरपालिका वडा ८ मा एक कार्यक्रमको आयोजना गरि स्थानिय १४१ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।

नापी कार्यालय महोत्तरी जलेश्वरको २ नं. टोलीले साविकको सोनामाई गाविस वडा नं. ४,५र ६ नं.को वासीलाई गाउ ब्लक जग्गा लालपुर्जा वितरण गरिएको औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्काले बताए । जग्गा धनीहरु बि.सं. २०७२/२०७३ देखि जग्गाको लाल पुर्जाको लागि प्रक्रियामा लागेका थिए ।त्यसै क्रममा औरही नगरपालिका वडा नम्बर ८ का छाटू सदा र सोनेलाल रामले आज उक्त जग्गाको लाल पुर्जा पाए पछि खुशी ब्यक्त गरेका छन ।

गाँउ व्लक लालपूर्जा वितरण कार्यक्रम अर्को चरणमा वितरण गरिने कुरा नापी कार्यालय महोत्तरीका प्रमुख राम विनय सिंहले बताए ।नापी कार्यालय महोत्तरीको प्रमुख राम विनय सिंहको अध्यक्षता,औरही नगरपालिकाको नगर प्रमुख प्रदिप कुमार खड्काको प्रमुख अथिती,नापी कार्यालय महोत्तरी जलेश्वर २ नम्बरका नापी टोलि,जलेश्वर महोत्तरीका नापी टोलि प्रमुख शुशिल कुमार साह,भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख कृष्ण ठाकुरको उपस्थितिमा सो जागा लालपुर्जा वितरण गरिएको औरही नगरपालिका वडा ८ का वडा अध्यक्ष राम आश्रे यादवले जानकारी दिए ।

वर्षौ देखि सुकुम्बासी जिवन यापन गर्दै आएकाहरुले जग्गाधनीपूर्जा पाए पछि अव बल्ला जग्गाको मालिक भएको लालपुर्जा पाएकाहरु खुशी व्यक्त गरेका छन् । उनीहरु अब सरकारीस्तरको हरेक सेवा सुविधा प्राप्त गर्न सक्ने भएको कुरा नेपाली कांग्रेसका नेता बिरेन्द्र यादवले बताए ।हालसम्म जिल्लाका विभिन्न स्थानमा लालपूर्जा वितरण गरिएको र गरिरहेको अधिकृत सिंहले जानकारी दिए ।

कार्यक्रममा औरही नगरपालिका नगर उप प्रमुख रेनु झा, वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव,राजनीतिकर्मी,स्थानीय नेता,स्थानीय समाजसेवी ,स्थानीय वासी, लगायत नापी कार्यालयका कर्मचारीहरूको उपस्थिति रहको थियो ।आउदो आईतवार महोत्तरी जिल्लाको वडा नम्बर ९ रामगोपालपुरमा गरिने बताइएको छ।







