
जनकपुरधाम- मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमध्ये १९ बअर्ब ५२ करोड ६६ हजार ३ सय ६८ रुपैयाँ फ्रिज भएको छ । सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा पनि ठूलो मात्रामा बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षमा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ को बजेट विनियोजन गरेका थिए । साउन १ देखि असार २४ गते मध्य रातिसम्म चालुतर्फ २४ अर्ब ५९ करोड ४५ लाख ६५ हजार ६३२ रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो खर्च कुल बजेटको ५५.७५ प्रतिशत हो ।
चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख ५८ हजार बजेट विनियोजन भएकोमा ९ अर्ब २९ करोड ७० लाख २ हजार १३७ रुपैयाँ मात्र खर्च भएको छ । यो खर्च चालुतर्फको कुल बजेटको ५०.१४९ प्रतिशत हो । पुँजीगततर्फ करिब ६० प्रतिशत खर्च भएको छ । प्रदेश कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख डा. विरेन्द्र कुमार मिश्रको अनुसार पुँजी गत तर्फ २५ अर्ब ५७ करोड ५७ लाख ७४ हजार बजेट रहेकोमा १५ अर्ब २९ करोड ७५ लाख ६३ हजार ४९४ रुपैयाँ १६ पैसा मात्र खर्च भएको छ । यो खर्च ५९.८१३ प्रतिशत रहेको छ ।
यसअघि आर्थिक वर्ष २०७९/०८० मा ४७ अर्ब २ करोड ५० लाख ५२ हजार ११७ रुपैयाँ कूल बजेट रहेकोमा २७ अर्ब ३३ लाख १२ हजार ८८८ रुपैयाँ ५२ पैसा मात्र खर्च भएको थियो । अर्थात् ४२.५८ प्रतिशत रकम फ्रिज भएको थियो । मधेश प्रदेश सरकारको ठूलो प्रतिशत बजेट फ्रिज हुनुमा पटक पटक सरकारको मन्त्रीहरूको फेर बदल तथा कर्मचारीको सरुवा नै प्रमुख कारणको रुपमा रहेको तत्कालीन सरकारका मन्त्रीहरूको दाबी रहेको छ । त्यस अघि आर्थिक वर्ष २०७८/७९ मा आधा बजेट नै फ्रिज भएको थियो ।
त्यस आ.व.मा ३४ अर्ब ८८ करोड ९८ लाख १० हजार बजेट मध्ये १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार ७४९ रुपैयाँ बजेट मात्र खर्च भएको थियो ।