हाम्रो माया घर निर्माणार्थ अभियानको लागि शिव पुराण माहायज्ञमा स्थानिय राजनिती दलहरुले ऐक्यबद्धता जनाएका छन ।
साउन २१ देखि २९ गतेसम्म बर्दिवासमा आयोजना गरिएको शिव पुराण माहायज्ञको लागि आवश्यक सहयोगको प्रतिवद्वता जनाएका हुन ।



आज मुल आयोजक समितिसगँ भएको छलफलमा नेकपा एमाले, माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, लोसपा, रास्वपा, जसपा, जनमत लगायतका दलहरुले सडक मानव मुक्त अभियानको लागि थालिएको निस्वार्थी कार्यमा आफुहरु सधै हातेमालो गर्न तयार रहेको वताए ।
चर्चित कथावाचिका राधिका दासीको वाचनमा हुने उक्त माहायज्ञको माध्यमवाट ११ करोड लागतमा वन्ने दुई वटा भवन निर्माण गर्ने आयोजकको पक्षको उदेश्य छ ।
यही उदेश्य अन्तर्गत मुल आयोजक समितिले विभिन्न १९ वटा उपसमिति वनाएर माहायज्ञलाई भब्य वनाउने तयारी थालेको छ ।
आयोजक समितिका अध्यक्ष हिरालाल गौतमले उपसमितिको संयोजनले व्यवस्थापकिय पाटो चुस्तदुरुस्त वनेको छ ।
`हामी पारम्भिक चरणमा नै निक्कै उत्साहित छौ ।´ संयोजक गौतमले भने । `सहयोगको क्रम निरन्तर बढीरहेको छ ।´
संघिय संसद कोइरीवाट इट्टा सहयोग
महोत्तरी क्षेत्र नं.१ का संघिय संसद लक्ष्मी महतो कोइरीले भवन निर्माणार्थ पारम्भिक चरणमा नै ब्यक्तिगत ११ हजार इट्टा सहयोग गर्ने प्रतिवद्वता जनाएका छन ।
११ करोड लगानीमा वन्ने दुई वटा भवनको लागि संघ र प्रदेश सरकारसँग अपिल गर्ने पनि संसद कोइरीले आस्वासन दिए ।
।




