महोत्तरी - महोत्तरी जिल्लाको मटिहानीमा आज लागू औषध विरुद्ध जनचेतना मूलक रयालीको आयोजना गरियो।जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजना तथा मटिहानी नगरपालिकाको सहयोगमा मटिहानी बस पार्कबाट विभिन्न किसिमको नारा सहित निस्केको रयालीले मटिहानीको विभिन्न भागको परिक्रमा गरेको थिए।
लागू औषध विरुद्धको तीन महिने अभियान अन्तर्गत आजदेखि मटिहानी नगरपालिकाबाट जनचेतनामूलक कार्यक्रमको आयोजना गरी उक्त अभियानको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संयुक्त रुपमा गर्नुभयो ।
त्यसै क्रममा आ.ब.२०८०-८१ मा ७१ जना र आ.ब.२०८१-८२ मा हाल सम्म २४ जना लागू औषधका कारण पक्राउ परेको कुरा नेपाल प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताउनुभयो उक्त कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेल,सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने,अनुसन्धान उप-निर्देशक सुदीप अधिकारी,नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवार,शसस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक सुनिल श्रेष्ठ, वड़ा अध्यक्षहरु, बिभिन्न राजनीतिक पार्टीका पार्टी प्रतिनिधिहरु,मटिहानी नगरपालिकाका कर्मचारीहरु, बिभिन्न बिद्यालयका प्र.अ.हरु,विद्यार्थीहरु लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।












