महोत्तरी - संगठन निर्माण अभियान“ नामक अभिमुखिकरण कार्यक्रम भव्यताका साथ सम्पन्नसंगै लोसपा र नेपाली कांग्रेसबाट पार्टी परित्याग गरी दर्जन भन्दा बढी जनाले जनता समाजबादी नेपालमा प्रवेश छ ।
महोतरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ६ बिस्वम्भरपुरमा “जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान” नामक अभिमुखिकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रम रामगोपालपुर ं६ मा आयोजना गरिएको थियो, जहाँ प्रमुख अतिथि डा सुरेन्द्र कुमार यादव र विशिष्ट अतिथि पूर्व आन्तरिक तथा कानुन राज्य मन्त्री एवम महोतरी क्षेत्र नम्बर ४ ख का सांसद सरोज सिंह कुशवाहा , जसपाका केन्द्रीय नेता, प्रदेश मातहतका नेता, जसपा निकट बर्गिय मन्चका केन्द्रीय नेताहरु,समाजबादि महिलाका नेत्री , जिल्लाका जसपा नेपालका निर्बाचित जनप्रतिनिधि प्रेस मन्च नेपालका पदाधिकारीहरु लगायतका नेता तथा कार्यकर्ताको बाक्लो उपस्तिथि रहेको थियो ।
जसपा नेपालका वडा अध्यक्ष नागेन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताहरूले सम्बोधन गरे । सांसद कुशवाहाले कार्यक्रममा भने, “हाम्रो अभियानको उद्देश्य स्थानीय तहमा सशक्त संगठन निर्माण गर्नु हो, जसले पार्टीको आधारलाई बलियो बनाउन र जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गर्नेछ ।”
कार्यक्रमका प्रमुख अतिथि डा सुरेन्द्र कुमार यादवले यो भियान पार्टीको भविष्यका लागि महत्वपूणर् कदम रहेको बताउँदै जनतासँगको सीधा संलग्नता आवश्यक रहेको बताएका थिए । उहाँले “यस अभियानले जसपा नेपालको पहुँचलाई हरेक टोल र गाउँसम्म पुर्याउने काम गर्नेछ, जसले पार्टीलाई जनतासँग नजिकबाट काम गर्न सक्षम बनाउँछ । त्यस्तै ”सांसद कुशवाहा कार्यक्रामा सम्बोधन गर्दै स्थानीय स्तरमा पार्टीको प्रभावलाई बढावा दिन र कार्यकर्तालाई सक्रिय राख्नका लागि यो अभियान महत्वपूणर् रहेको बताउनुभयो । उहाँले जनतासँगको निकटता बढाएर मात्र पार्टीलाई बलियो बनाउने सुझाव दिनुभयो । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा पार्टीको आधारभूत संरचना सुदृढ पार्नु हो । यसका लागि चार महिनाको अवधिमा “जनतासँग जसपा नेपाल” भन्ने नारासहित विभिन्न स्थानीय गतिविधिहरू आयोजना गरिनेछ ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, र जिल्ला भरिका स्थानीयतहका निर्वाचित पदाधिकारीको भीडभाड रहेको थियो । संगै आयोजना गरिको कार्यक्रममा जसपा नेपालको उदेशयले प्रभावित हुँदै लोसपा नेपाल र नेपाली कांग्रेस पार्टी परित्याग गरि एक दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन । लोसपा नेपालबाट लक्ष्यमण राय,राम कृपाल राउत,दुखरण राउत सहीत नेपाली कांग्रेसबाट बौएलाल महतो,विन्देश्वर महतो लगायतका नब प्रबेसीहरुलाई माला अबिर लगाएर स्वागत गरीएको छ ।