महोत्तरी - महोत्तरीमा सोमबार दिउँसो मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । हत्या भएको चारदिन पछाडि मृतक महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृतक धनुषाको शहिदनगर पालिकास्थित यदुकाहाको निमुवा टोलकी अन्दाजी २६ वर्षीया मालती मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीको मटिहानी नगरपालिका- ५ का राकेश नायकको अवैध सम्बन्ध मालती मण्डलसंग रहेको देखिएको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले जानकारी दिए । महोत्तरी प्रहरीका अनुसार त्यहीकारण प्रहरीले नायक दम्पतिलाई पक्राउ समेत गरेको छ । घटनामा राकेश नायकसंगै श्रीमती रीना नायकको संलग्नता देखिएपछि दुबैजनालाइ नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो । विवाह भएको लामो समयसम्म रीना नायकलाई सन्तान नभएपछि राकेशको मालतीसंग विवाहेत्तर सम्बन्ध रहेको पाइएको प्रहरी भनाइ छ ।
यही अवैध सम्बन्ध लुकाउनका लागि उनको हत्या गरिएको प्रहरीको भनाइ छ । जिल्लाको पिपरा गाउँपालिका- ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको बगैँचा नजिकै रहेको डिलमा मालती मण्डलसंग अवैध सम्बन्धपछि घाटीमा सल बेरेर हत्या गरिएको प्रहरी अनुमान छ ।
मालतीको हत्या सोमबार राति भएको थियो ।
यो पनि पढ्नुहोस :
महोत्तरीमा अनुहार जलाइएको अवस्थामा एक महिलाको शब फेला
https://shirishnews.com/2024/10/28/66109/
अवैध सम्बन्धको कारण महिलाको हत्या ! पहिचान खुलाउन प्रहरी प्रयासरत




