
जबरजस्ती करणी मुद्दामा पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका- १ का वडाध्यक्ष धीरेन्द्रकुमार साह अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पुगेका छन् ।
सप्तरी जिल्ला अदालतको आदेशले वडाध्यक्ष साह र शिक्षक राजनारयण साह थुनामा पुगेका हुन् । न्यायाधीश दीपक धितालको सोमबारको इजलासले दुबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे ।
साह उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । नवनिर्वाचित वडाध्यक्ष साह मंसिर २० मा शपथ लिँदै गर्दा पक्राउ परेका थिए ।
नवनिर्वाचित वडाध्यक्षसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता गरेकोसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता रहेको छ ।
सन्तोषीकुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप वडाध्यक्ष साहसहितका समूहमाथि लागेको छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका १३ वर्षका भाइ नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोपमा मुद्दा दर्ता भएको थियो ।
२०७९ फागुनमा डाक्नेश्वरी नगरपालिका- १ माधोपुर टोलस्थित आँपको बगैंचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी बेपत्ता पारिएको थियो । अहिलेसम्म पनि नितिश बेपत्ता छन् ।
यो पनि पढ्नुहोस :
पदभार ग्रहण समारोहबाटै नवनिर्वाचित वडाध्यक्ष प्रहरीको नियन्त्रणमा
https://shirishnews.com/2024/12/05/67562/
हत्या र बलात्कार मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिले कसरी जिते चुनाव ?
https://shirishnews.com/2024/12/06/67605/
शपथ लिँदालिदै पक्राउ परेका वडाध्यक्षविरुद्ध ५७ वर्ष कैद माग्दै मुद्दा दर्ता