
महोत्तरी - औरही नगरपालिकाको श्री माध्यमिक(०-१०) माबि बिधालयमा आयोजित नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ। उत्कृष्ट प्रदर्शनका साथ राम बिलाश चन्देश्वर यादव जनता माबि भोईल टिम्किया बिधालयले प्रतियोगिताको उपाधि जितेको छ। राम बिलाश चन्देश्वर यादव जनता माबि भोईल टिम्किया बिधालयले समग्रमा ९ स्वर्ण,४ रजत र २ कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेको छ ।
श्री सोन्फी दशैँ माबि श्रीपुर ८ स्वर्ण,१० रजत र ५ कास्य पदक जित्दै दोस्रो स्थान प्राप्त गर्यो भने चिल्ड्रेन ग्लोरी पब्लिक एकेडेमी औरही ५ स्वर्ण ३ रजत र ७ कास्य पदक जित्दै तेस्रो स्थान प्राप्त गर्यो । श्री प्रसाद सिंह मावि औरही ४ स्वर्ण २ रजत र ३ कास्य पदक प्राप्त गरी चौथो स्थान प्राप्त गर्यो। द सनराईज इंग्लिश बोर्डिङ स्कुल औरही ३ स्वर्ण ५ रजत र ३ कास्य र पदक प्राप्त गरी पाचौ स्थान प्राप्त गर्यो। श्री माध्यमिक (०-१०) माबि बिधालय बैरिया २ स्वर्ण २ रजत र ३ कास्य पदक प्राप्त गरी छैठौ स्थान प्राप्त गर्यो।

नि माबि आधारभूत कठुधार ० स्वर्ण २ रजत र ३ कास्य पदक प्राप्त गरी सातौ स्थान प्राप्त गर्यो।लिटल सोनामाई बोर्डिङ स्कुल ० स्वर्ण २ रजत र २ कास्य पदक प्राप्त गरी आठौ स्थान प्राप्त गर्यो । बिबेक इंग्लिश बोर्डिङ स्कुल ० स्वर्ण २ रजत र ० कास्य पदक प्राप्त गरी नौबौ स्थान प्राप्त गर्यो । जनता आधारभूत बिधालय औरही ० स्वर्ण ० रजत र ० कास्य पदक प्राप्त गरी दशौ स्थान प्राप्त गर्यो ।

औरही नगरपालिकाको नगर उपप्रमुख रेणु झाको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा खेलकुद प्रतियोगिताका विजेताहरुलाई नगर प्रमुख प्रदिप कुमार खड्का,नगर उपप्रमुख रेणु झा र वडा नम्बर ६ का वडाध्यक्ष सुशिल चौधरी,प्रमाणपत्र र मेडल प्रदान गरे। नगर प्रमुख खड्का पुरस्कार वितरण गर्दै भने विजेता छात्र-छात्राहरूलाई रनिङ शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गर्नुभयो । उहाँले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिकाले बिधालयलाई खेलकुद मैत्री बनाउने र खेलको विकास गर्दै नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नगरपालिका लागिपरेको बताउनुभयो ।

प्रतियोगिताको उद्देश्य नगरपालिकाका खेलाडीहरूको प्रतिभा पहिचान गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्नु हो।"हामीले स्थानीयस्तरमा रहेका खेलाडीको प्रतिभा उजागर गर्न र उनीहरूको क्षमता विकास गर्न यो प्रतियोगिता सञ्चालन गरेका हौं," खड्काले भने।

माघ १० देखि १२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा औरही नगरपालिकाका १० वटा माध्यमिक र आधारभूत विद्यालयहरू मार्चपासमा सहभागिता रहेको थियो,भने यता प्रतियोगितामा भने नगर भित्र रहेका ४ ओटा सामुदायिक माबि बिधालय र २ ओटा निजि माबि(बोर्डिंग)बिधालय गरी जम्मा ६ वटा बिधालयलको सहभागीतामा प्रतियोगिताले स्थानीय खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको आयोजक औरही नगरपालिकाका शिक्षा,यूवा तथा खेलकुद शाखा प्रमुख धन बहादुर राईले बताउनुभयाे ।
"स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद" मुल नाराका साथ अगाडि बढेका औरही नगरपालिका अगामी दिनमा बिधालयहरुमा प्रयाप्त खेलकुद सामाग्री उपल्बध गराइ दक्ष खेलाडी बनाइनेछ, अगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ सन्चालन गरिने औरही नगरपालिकाका खेल प्रशिक्षक ज्ञानेन्द्र यादवले बताउनु भयाे। कार्यक्रममा सहयोग पुर्याउने औरही नगरपालिकाको स्वास्थ शाखा प्रमुख चन्द्रभुषण ठाकुर,सुरक्षाकर्मी,नगर प्रहरी,खेल प्रशिक्षक पुर्व रा.खे पा सदस्य मधेस प्रदेश भलिबल संघका अध्यक्ष भलिबल प्रशिक्षक रबि यादवले खेल सभ्य र भव्यका साथ खेल खेलाउनु भएको हो।

यादव यस राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मुख्य खेल संयोजक रहेको थियो उहाले भने नगरपालिकाले आयोजना गरेको विभिन्न खेलहरूमा बिधालयले प्राप्त गरेको पदकका आधारमा प्रथम,दोस्रो,तृतीय,चौथो,पाचौ,छैठौ,सातौ,आठौ,नौबौ र दशौ छनोट गरिएको कुराको जानकारी दिनुभयो ।




























