सुजाता राई
विराटनगर । विराट साहित्य सङ्गम साहित्यिक अभियान अन्तर्गत २६ गते शुक्रबार दिउसो उदयपुरका साहित्यकारहरुबाट पर्यटन प्रबर्द्धन टोलिलाई स्वागत गर्दै साहित्य कला प्रतिष्ठान उदयपुरले अन्तरक्रिया तथा काव्य गाेष्ठी आयोजना गरेको थियो ।
साहित्य कला प्रतिष्ठान उदयपुरका अध्यक्ष डा•कैलाश राईको अध्यक्षता र प्रमुख अतिथि-प्राज्ञ खेम नेपाली रहेकोको उक्त कार्यक्रममा विशिष्ट अतिथि-जीवन काफ्ले, रामबाबु दाहाल, वरिष्ठ पत्रकार कौशल चेम्जोङ, शिव नारायण सिंगल रहेका थिए। वरिष्ठ साहित्यकार मीश्र बैजयन्तीले कार्यक्रमकाे उदेश्य माथी प्रकाश परेकी थिइन।
स्वागत मन्तव्य -उदयपुर साहित्यकलाका उपाध्यक्ष वासुदेव पोखरेलले गरे।

भ्रमण टोलीमा विराटनगर साहित्य सङ्गमका उपाध्यक्ष जीवन काफ्ले, सचिव गोपाल निर्भीक, कोषाध्यक्ष भिम कोइराला,बुद्धिजीवी दिनेश श्रेष्ठ,प्राज्ञ खेम नेपाली,बौद्धिक बाबुराम पोखरेल,मिश्र बैजयन्ती,शिवनारायण सिंगल पृन्स प्रमोद ढकाल,रुद्र सुवेदी,शम्भु प्रसाद पोखरेल,रामबाबु दाहाल,भवानी पोखरेल, कविता केशरी,लक्ष्मी रायमाझी,पुष्प सायरा,सुजाता राई,जमुना पौडेल,पुनम महरा गरी जम्मा १९ जनाको सहभागिता थियो।
कार्यक्रमका अध्यक्ष डा•कैलाश राईले उदयपुर प्राकृतिक र ऐतिहासिक सम्पदाले भरिपुर्ण रहेको र यहाँका बनस्पति बोटबिरुवा, खाद्यान्य बाटै स्वास्थ्यको लागी हरेक औषधि उत्पादन गर्न सकिने बताउदै साहित्यकारहरुले आफ्ना लेखहरु मार्फत खोज अनुसन्धान गरिनु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रम सञ्चालन महासचिव माधव गोज्याग्रेले गरेका थिए।




