
ममता बिश्वकर्मा,बर्दिवास(महोत्तरी)- मुक्त हरवाचरवा अगुवाहरुको नेतृत्व बिकासका लागि बर्दिवासमा ३ दिवशिय फ्रिडम राईजिङ्ग तालिम शुरु भएको छ ।
तालिम मार्फत मुक्त हरवा चरवाको नेतृत्व बिकास सङै अन्याय, अत्याचार, शोषण बिरुद्धको लडाईमा सामुहिक आवाज र साझा पहल कदमी पैदा गरि समाज रुपान्तरणमा योगदान पुरयाउन उद्देश्यले आजदेखि महोत्तरीको बर्दिवासमा ३ दिवशिय फ्रिडम राईजिङ्ग तालिम शुरु भएको हो ।
तालिमको शुभरम्भ गर्दै द फ्रिडम फण्डका नेपाल कार्यक्रम ब्यवस्थापक जियम श्रेष्ठले फ्रिडम राइजिङ एक परिवर्तनकारी नेतृत्व बिकास कार्यक्रम रहेको बताउनु भयो । उहाँले यस तालिमले दासत्व विरोधी आन्दोलनहरूका लागि अन्यायमा पारिएका समुदायको सञ्जालीकरण गर्न सहयोग पुग्ने बताउनु भयो ।

तालिमको उद्देश्य तथा महत्वमाथी प्रकाश पार्दै द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रहमदेव रामले भन्नुभयो, “तालिमले सहभागिहरुलाई आफु र आफनो ईतिहाँसलाई सुक्ष्म रुपमा मनन गरि सुन्दर भविष्यको परिकल्पना गर्न योगदान पुग्नेछ । साथै कार्यक्रमले समाजलाई परिचालन गरिरहेको शक्तिको पहिचान गरि ती शक्तिहरुका लागि आवश्यक रुपान्तरणीय शक्तिको श्रृजना गर्ने रामले बताउनु भयो ।
कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाहरुमा रहेका जिल्ला हरवाचरवा अधिकार मञ्चका पदाधिकारी, राष्ट्रिय हरवाचरवाच अधिकार मञ्चका प्रतिनीधिहरु, नागरिक समाज, मानव अधिकारकर्मी लगायत ४५ जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण महिला अधिकारकर्मी श्याम कुमार शाह, निरज कुर्मी, अधिवक्ता बालाराम भट्टराईले गर्नु हुने आयोजकले जानकारि दिएको छ ।
नेपाल सरकारले वि.सं.२०७९ श्रावण २ गते अनुचित ऋण र कागजात खारेजी हरवाचरवाको मुक्तिको घोषणा गरेको गरेको थियो । हरवाचरवा मुक्तीको घोषणा भएको २ बर्ष ७ महिना बिती सक्दा समेत हालसम्म तथ्याँक संकलन तथा पुनस्र्थापनाको कुनै पनि कार्य शुरुवात समेत भएको छैन ।
नेपालको संविधानको धारा २९ शोषणविरुद्धको हक अन्तरगत उपधारा (३) मा कसैलाई पनि बेचविखन गर्न, दास वा बाँधा बनाउन पाइैन् छैन र उपधारा (४) मा कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाईने छैन भने धारा ४० को उपधारा (५) र (६) मा दलितहरुलाई एक पटक जमिन र आवास उपलब्ध गराउने मौलिक हकको सुनिश्चित गरिएको ।
तर पनि मधेस प्रदेशका ८ वटा जिल्लाहरुमा रहेका करिव १ लाखभन्दा बढी हरवाचरवा परिवारहरु मुक्तिको घोषणा पछि पनि हरवाचरवाको रुपमा जीवन व्यथित गरिरहेको कुरा विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको तालिममा सहभागि हरवा चरवा अधिकार मंच महोत्तरी जिल्ला अध्यक्ष साबित्रि देबि सदाले बताउनु भयो ।