काठमाडौं - सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई विशेष अदालतले बुधवार तीन लाख रुपैयाँ धरौटी मागेको छ ।
न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरणको मुद्दामा थापालाई यो आदेश दिएको हो ।
बुधबार भएको थुनछेक बहसपछि उनलाई धरौटी मागिएको अदालतको वेबसाइटमा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३ गते थापाविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा ५६ करोड ७१ लाख रुपैयाँको मुद्दा दायर गरेको थियो । यो मुद्दामा थापासँगै उपमेयर लीलाकुमारी मोक्तान र मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित आठजना अभियुक्त थिए ।
थापाविरुद्ध अख्तियारले विशेष अदालतमा दायर गरेको यो तेस्रो मुद्दा हो । उनीविरुद्ध अन्य दुई मुद्दा अझै विशेष अदालतमा विचाराधीन अवस्थामा रहेका छन् ।
गएको सोमबार मात्र जिल्ला अदालत सर्लाहीमा वन मुद्दामा पनि थापा धरौटी खुलाएको थियो । सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई ५० लाख रुपैयाँ धरौटी मागेको थियो ।




