
महोत्तरी - औरही नगरपालिकाम करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।औरही नगरपालिका–७ भोइल गाउँमा आइतबार बेलुका ६:३० बाजेको समयमा एक दु:खद घटना घटेको छ। औरही नगरपालिका ७ भोईल गाउँबाट श्रीपुर जाने बाटोमा कृषि सडकमा कल्भट निर्माण गरिरहे मजदुरको जिउमा विद्युत पोलमा झुन्डिएको ११,००० भोल्टको प्रसारण लाइनको तार टुटेर मजदुरको जीउमा तार झरे पछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुने व्यक्ति रामगोपालपुर नगरपालिका ५ बस्ने करिब ३८ वर्षीय कञ्चनपुर निवासी छठु मुखिया रहेको छ। उहाँ सो स्थानमा निर्माण सम्बन्धी कार्य गर्दै हुनुहुन्थ्यो, जब अचानक करेन्ट लागेर घटनास्थलमै उहाँको ज्यान गयो।प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ र आवश्यक अनुसन्धान कार्य भइरहेको छ।
स्थानीय बासिन्दाले विद्युत प्राधिकरणको लापरवाहीप्रति चिन्ता व्यक्त गरेका छन् र भविष्यमा यस्ता घटनाबाट जोगिन सम्बन्धित निकायलाई सावधानी अपनाउन आग्रह गरेका छन्।
विद्युत प्राधिकरण गौशालाका प्रमुख घटना स्थाल पुगे र क्षतीपुर्ती दिने प्रतिबद्ध गरे पछि मृत्यु भएको ब्याक्तीको शव उठाउनु दिएको कुरा औरही नगरपालिका ७ का वडा अध्यक्ष जितेन्द्र यादवले बताएको छ।शव पोस्टमाडमका लागी जलेश्वर अस्पताल लगिएको कुरा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।