काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्राकृतिक विपद् प्रतिकार्यका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले बर्खाको समयमा बाढीपहिरोजस्ता घटना भइसकेपछि मात्र बैठक बस्ने परिपार्टीको अन्त्य गर्नुपर्ने बताएका हुन्।
उनले विपद्को सामना गर्न सरकारले जोखिमयुक्त ठाउँहरुमा आवश्यक पूर्वतयारीमा लाग्नुपर्ने बताए। सोमवार राति चीनतर्फबाट आएको बाढीका कारण प्रभावित भएकाहरुको उद्धार र राहतमा समेत गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराए।
चीनतर्फ ठूलो पानी परेको वा ड्याम फुटेर बाढी आएको हुनसक्ने अनुमान गरिए पनि अझै स्पष्ट भइसकेको छैन।




