२०७९ साउनमा महोत्तरीको बर्दिवासमा माईस्थान पब्लिक एकेडेमीका प्रधानाध्यापक युवराज श्रेष्ठको सर्पको टोकाईवाट उपचारको क्रममा अल्पायुमा नै ज्यान गयो ।
जव–जव सर्पको टोकाईबाट मृत्यु हुन्छ तव–तव स्थानीयस्तरमा भेन्टिलेटरको माग हुन थाल्छ । तर श्रेष्ठको मृत्युपछी सामाजिक संजालमा भेन्टिलेटरको व्यवस्थापन गर्न यति ठुलो दवाव वढयो की भिडको अभिमतलाई बुझेर प्रदेशसभा सदस्य सारदादेवी थापाले त संसद कोषवाट भेन्टिलेटर खरिद गर्न पैसा विनियोजन गर्ने घोषणा नै गरिन ।

संयोग नै भन्नुपर्छ स्थानीय तहको निर्वाचन सकिएको पनि ४ महिनामात्र भएको थियो । निर्वाचित भएको पारम्भमा नै करार शिक्षक र कर्मचारी हटाएर विवादित वनेका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री पनि भिडको सहानुभूति आफुतर्फ एकीकृत गर्ने मौका हेरिरहेका थिए ।
पुर्व मन्त्री गिरिराजमणि पोखरेलले समेत पहलकदमी लिईरहेका वेला नगरप्रमुख क्षेत्री साउन–१६ गते स्वास्थ्य मन्त्रालयमा आफै पत्र लिएर पुगे ।सचिव रोशन पोखरेलले भोलिपल्ट नै भेन्टिलेटर नगरपालिकालाई हस्तान्तरण गरे ।
त्यसपछि जस र अपजसको होडवाजी यसरी चल्यो की बर्दिवासको समाज नै दुई भागमा बिग्रह भयो । जेहोस नगरप्रमुख क्षेत्रीले ओरालो लागेको छविलाई पुनरावृति गराए ।




तर नेताहरुले भिडको अभिमतमा राजनीति गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने प्रमाणकोरुपमा यो भेन्टिलेटर राजनीति तिकडमको गतिलो हतियार वनेको छ ।
भेन्टिलेटर संचालन भएमा सर्पले टोकेका विरामीहरुको ज्यान वच्ने आशा सहित सामाजिक संजालमा गरिएको जयजयकार ३ बर्ष वितिसक्दा एकादेशको कथा वनेको छ भने मन्त्रालयवाट आएको भेन्टिलेटर धुलो र माकुराको जालोले घेरिएको छ ।
पुरानो कार्यालय भएको ठाँउमा यो भेन्टिलेटरलाई यसरि रमिता वानाईयो की सेवाग्राहीहरू फोहोर राख्ने ठाँउमा देख्दा मन अमिलो बनाउथे । ‘एकातिर भेन्टिलेटरको अभावमा सर्पको टोकाईवाट मान्छे यही अवधीमा पनि मरे तर स्टन्डवाजी गरेर जसअपजसको प्रतिस्पर्धामा लिइरहेका जनप्रतिनिधिहरुले आम मानिसहरुको पिडा वुझ्न नै सकेनन ।’ स्थानीय अन्जान खडकाले भने ।‘स्टन्डवाजी गर्ने जनप्रतिनिधि चाहिएको नै हैन हामीलाई काम गर्ने जनप्रतिनिधिको अभाव छ ।’
निक्कै तामझामका साथ रवाफ देखाउदै २५ लाख ७४ हजार ३ सय ९० रुपैयाँ पर्ने भेन्टिलेटर पुरानो भाडाको भवनवाट स्तान्तरण गरेर आफ्नै भवनको स्वास्थ्य शाखामा काम नलाग्ने अवस्थामा पुगेको छ ।

‘अहिले उक्त भेन्टिलेटर विग्रीसकेको भन्ने सुनेको छु । ल्याएदेखि नै थन्क्याएर राखिएको छ ।’ बर्दिवास अस्पतालका मेसु सुदिप ठाकुर भन्छन ः– ‘संचालन गर्न सकिएन भने फिर्ता गर्नु पथ्र्यो ।’
यति धेरै सरकारी पैसा भिडलाई खुसी वनाउने नाममा नगरपालिकाले स्वाहा वनाएको दृश्य नगर क्षेत्रमा यतिवेला चलचित्र जस्तै वनेको छ ।
के सम्भव छ भेन्टिलेटर सेवा प्रवाह गर्न ?
वरपर रहेका दुई वटा निजि अस्पतालले आईसियु सहितको भेन्टिलेटर सुविधा प्रदान गरिरहेका छन ।
मापदण्डअनुसार आइसियु सहितको भेन्टिलेटर संचालन गर्न भौतिक संरचना पनि सोहीअनुसार हुनुपर्छ ।
चिकित्सकहरुका अनुसार विरामी लैजाने लिफ्ट वा ¥याम्प अनिवार्य हुनुपर्छ तर बर्दिवास अस्पतालमा यस्ता खाल्का संरचना निर्माण भएका छैनन ।
‘सर्पदंस उपचार केन्द्रमा राख्न त सम्भव नै छैन बरु उपचार केन्द्रले आफ्ना विरामीहरुको उपचारको लागि निजि अस्पतालसगँ कुनै सम्झौता गर्न पनि सक्थ्यो ।’ मेडिकल सुपरिटेन्डेन्ट ठाकुरले भने । ‘हाम्रो अस्पतालमा मेनपावर पनि छ तर संरचना भने यो संचालनको लागि सोहीअनुसार बनाउनु पर्छ ।’

एउटा मेसिन पुर्णरुपमा संचालन गर्न प्रशिक्षित चिकित्सक, एनेस्थेसियोलोजिस्ट, आईसियु नर्स, रेस्पिरेटरी थेरापिस्ट जस्ता जनशक्ति आवस्यक पर्ने चिकित्सकहरुको भनाई छ ।
नगरले अस्पतालको स्त्तरोन्न्ती वढाएर काम गर्दा संचालन गर्न सकिने भएतापनी यथास्थितिमा भेन्टिलेटर संचालन गर्न नसकिने अस्पतालले जनाएको छ ।
भेन्टिलेटर ल्याएर संचालन नगरी हानी नोक्सान पु¥याउनेलाई हुन सक्छ कानुनी कारवाही
भेन्टिलेटर ल्याएर संचालन नै नगरी हानी–नोक्सानी पु¥याउने जनप्रतिनिधि वा कुनैपनी संस्थामाथी कारवाही हुने समेत व्यवस्था छ ।
स्टोरमा राख्दा हिफाजातका साथ नराख्दा यदि भेन्टिलेटर बिग्रीएको हो भने यसको जिम्मेवार स्वयम नगरपालिका वन्ने देखिन्छ ।
किन भने मन्त्रालयले हस्तान्तरण गर्दा नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको रोहवरमा नगर शिक्षा समितिका सदस्य तथा नेपाली काङ्ग्रेसका नगर सभापती युवराज पोखरेललाई हस्तान्तरण गरिएको देखिएको छ ।
नेपालको भ्रष्टाचार निवारण ऐन, २०५९ ले सार्वजनिक सम्पत्तिको दुरुपयोगलाई भ्रष्टाचार अपराध मानेको छ । कानुन अनुसार यस्तो कार्यमा संलग्न व्यक्तिलाई १ वर्षदेखि १० वर्षसम्म काराबास र जरिवाना हुने प्रावधान छ। साथै, हानि पुगेको सम्पत्तिको पूरा क्षतिपूर्ति पनि गराउन सकिने व्यवस्था रहेको छ ।

‘३ बर्षदेखि संचालन नआएपछी मन्त्रालयलाई नगरपालिकाले जानकारी गराउनु पथ्र्यो तर हामीलाई कुनै जानकारी आएको छैन ।’ स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने । ‘यदि त्यसो हो भने अब खोजिनिती हुन्छ ।’
तर यो विषयमा नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री भने संचालन गरेर नै छाड्ने दावी गर्दै आएका छन् ।





