महोत्तरी - महोत्तरीको मनरा नगरपालिकास्थित नगर अस्पताल परिसरमा बिरामीको उद्धारमा गएका कुरुवा साहिलमाथि प्रहरीद्वारा कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।
मोटरसाइकल दुर्घटनामा परेका सुबम साहको आफ्न्तलाइ अस्पताल पुर्याउन गएका साहिललाई मनरा प्रहरी चौकीका जवान नागेन्द्र यादवले नगर प्रहरीको सहयोगमा नियन्त्रणमा लिई अश्लील गाली गलौज गर्दै लाठी र बुटले अस्पताल परिसरमै कुटपिट गरेका थिए।
सार्वजनिक स्थल र संवेदनशील अस्पताल परिसरमै यस्तो दुर्व्यवहार हुँदा पनि दोषी प्रहरी जवान यादवलाई कारबाही गर्नुको सट्टा जोगाउन जिल्ला प्रहरी कार्यालय महोत्तरीका केही उच्च प्रहरी अधिकारीहरू सक्रिय रहेको स्रोतले जनाएको छ।
जवान यादव यसअघि पनि यस्तै विवादमा परेका थिए, तर सधैं उच्च प्रहरीको संरक्षणले उन्मुक्ति पाइरहेको आरोप स्थानीयहरूले लगाएका छन्।
प्रहरीबाटै नागरिक असुरक्षित हुन थालेको गम्भीर प्रश्न उठिरहेको छ। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग पीडित पक्षले गरेका छ्न ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीले न्याय नदिए प्रदेश प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरिरहेको छ।-पालिकाखोज न्यूज




