महोत्तरी - बर्दिबासका एक शिक्षालयमा छात्रा माथि दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय वर्दिवासको अनुसार बर्दिबास नगरपालिका–११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका शिक्षक बसन्त प्रसाद यादवलाई छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ।शिक्षक यादवले एक छात्रालाई बारम्बार फोन र सामाजिक सञ्जाल मार्फत अश्लील अडियो, भिडियो पठाएर परीक्षामा पास गराइ दिने प्रलोभन दिएर शारिरीक शाेषण गरेको आरोप छ।
छात्राको मोबाइलबाट प्रमाण बाहिरिएपछि विद्यालय प्रशासन र प्राचार्य रमन कुमार मेहतासम्म घटना पुगे पछि विद्यालय।प्रशासनले शिक्षक यादव माथि कारबाहि गरेको हो ।
शिक्षक यादवलाई शिक्षालय र अभिभावकले दिएको छात्रा माथि दुर्व्यवहार रहेको जाहेरीको अधारमा शिक्षक यादवलाई मंगलबार पक्राउ गरि अभद्र मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यादव परीक्षा शाखा र आईटी विभागमा समेत कार्यरत थिए। उनको स्थायी घर महोत्तरीको सोनमा गाउँपालिकामा रहेको बताइन्छ।अध्ययनरत अन्य विद्यार्थीहरुका अनुसार शिक्षक यादवले छात्रालाई परीक्षामा पास गराइ दिने प्रलोभनमा पारी पटक पटक यौन शोषण गर्दै आएको थियो।
यस शिक्षालयमा तीन जना छात्राहरुले २०८१ पुस १५ गते सामूहिक रुपमै विषसेवन गरी आत्महत्याको प्रयास गरेका थिए । जसमध्ये सिराहा धनगढी नगरपालिका-१० की १७ वर्षीया छात्रा रिङ्कु शर्माको मृत्यु भएको थियो।
अभिभावक र विद्यार्थीहरूले विद्यालय प्रशासन र सुरक्षातन्त्रसँग दोषी शिक्षकलाई तुरुन्त बर्खास्त गरी कडा कानुनी सजाय दिन माग गरेका छन्। उनीहरूको भनाइमा,“विद्यालय शिक्षा दिने मन्दिर हो, त्यहीँका शिक्षकले यस्तो आपराधिक कर्तुत गर्नु शिक्षालयमाथिको कलंक हो।”




