जनकपुरधाम । देश व्यापी रुपमा भ्रष्टाचार र समाजिक सञ्जाल माथिको प्रतिबन्ध विरुद्व सडकमा उत्रेका जेन–जी अभियानी युवाहरु काठमाण्डौंमा प्रतिनिधिसभा भवन परिषर भित्र प्रवेश गरेर प्रदर्शन गरेका छन् । प्रहरीले रबरको गोली चलाउनुका साथै आँश्रु ग्याँस र पानीको फोहरा पनि प्रहार गरिरहेका छन् ।
तिनकुने र माइतीघर दुवै तर्फबाट आएका जेन–जी अभियान्ताहरुले प्रहरीलाई बीचमै पारेर संसद भवन परिषर भित्र प्रवेश गर्न भ्याएका छन् । एता जनकपुरधाममा पनि जेन–जी अभियान्ताहरुले सरकार विरुद्व प्रदर्शन गरेका हुन ।




जनकपुरधामको एतिहासिक जानकी मन्दिर परिषरमा जम्मा भएका उनीहरु सरकार विरुद्व नारावाजी मात्र गरेनन विभिन्न चोकहरुमा पुग्दै प्रर्दशन गरेका छन् । जनताको करको मुल्याङ्कन खोइ ? समाजिक सञ्जाल होइन भ्रष्टाचार बन्द गर् भन्ने नारा सहित जनकपुरधामका सयौं युवाहरु सो अभियान र प्रदर्शनमा सरिक भएको देखिन्छ ।
जनकपुरधामको प्रदर्शनमा अधिकांश समाजिक सञ्जालमा चर्चित, अभियानी र समाजिक मुद्दाका अगुवा अभियानी युवाहरुको सहभागिता छ ।





