"ढुङ्गाकाे काँप फाेरेर पनि उम्रन्छ पीपल
पाखुरी भए सिर्जना शक्ति हुदैन विफल"
-राष्ट्रकवि माधव प्र. घिमिरे
इन्दु नेपाल याेञ्जन पेसाले स्वास्थ्यकर्मी हुन । तथापी मन भए के पाे हुदैन रहेछ र आफुले चाहेमा फुर्सदकाे समयलाई कसरी सदुपयाेग गर्ने रहेछ भन्ने ठाेस प्रमाण वहाँकाे अन्तिम सेलाे कविता सँग्रह पुस्तक लेखन र प्रकाशनले नै बताउँदछ । गरे के हुदैन ? मैले सुरुमै राष्ट्रकविकाे कवितालाई सापटी लिएर नै बाेलिसके ।यदि आफूले गर्ने काेसिस जारी राखेमा पक्कै पनि जसरी पीपलका बीजले कठाेर पत्थरलाई समेत फाेरेर नयाँ पालुवा ,कलिला मञ्जरी सहित एउटा शीतल दिने बिरुवाका रुपमा उम्रन सक्दछ भने साहित्य सिर्जनाले पनि पक्कै मानव हृदयलाई आनन्द प्रदान गर्ने माध्यमका हरेक कुनाकुनाबाट सिर्जना हुन सक्दछ । त्यस्तै कुरा कवि इन्दु नेपाल याेञ्जन ज्यूकाे कविता सँग्रह अन्तिम सेलाकाे विषमा गर्दैछु । अन्तिम सेलाे कविता सँग्रह पहिलाे पटक वि.सं. २०८० वैशाखमा प्रकाशन भएकाे हाे । यस कविता सँग्रहमा १०४ पृष्ठकाे कवितामा ४० वटा कविताहरु रहेकाे छ । साथै यस भित्र दुई उपशीर्षकमा विभाजन गरिएकाे छ पहिलाे भाग सेमला माया तक्मारे मा १६ वटा र अर्काे भाग जीवन र जगत उपशीर्षकमा २४ वटा गरि जम्मा ४० कविताहरुकाे सँगालाे अन्तिम सेलाे नाम दिएर प्रकाशन गर्नुभएकाे छ । सम्भव भए सम्म तामाङ समुदायमा प्रचलित नाच वा गीत सेलाे भाकाकाे सेलाे शब्दलाई इङगित गरि कृतिकाे नाम राखिएकाे छ ।
आयामगत रुपमा छाेटा कविताहरु पाठकलाई सरस र आनन्द प्रदान गर्ने अत्यन्तै मिठाे र रसिलाे कविताहरु छन् । कविताभित्र पढदै जाँदा पाठकलाई असजिला लाग्ने शब्दहरुकाे अर्थसमेत राखेर सिर्जना गरिएकाे यस सँग्रहभित्र तामाङ,बान्तावा,चाम्लिङ,लिम्बू आदि भाषिक शब्दहरु प्रयाेग गरिएकाे छ । भूल,साक्षी,अंशबन्डा,काका- एक,बाटाे आदि छाेक कविता छन् भने आमा र निक्खर सेताे फूल,बहुभाषिक सुन्दरता,लाेभिएकाे थिए,हामी मरिरहेछाै काेराेनासँग,जापान मेड घडी,ए यात्री,दिवश मात्र सम्झन्छन्,सपना र एउटा मात,आरा धारन,सिमानामा आसेङ,राताे गुलाफ, प्रिय थेबा जस्ता शीर्षककाे कविता अलिकति लामा भए पनि ती कविताहरुले कतै महाकविकाे सम्झना दिलाउँछ त ,कतै दिनेश अधिकारीकाे कलमझै भान हुन्छ ।
कविकाे पहिलाे कृति भए पनि पाठकलाई पहिलाे जस्ताे नलाग्ने निकै निखारिएकाे अनि कलम तीखारिएकाे जस्ता लाग्छ यसर्थमा निकै पूराना कविझै लाग्छ इन्दु । कविले आफ्नै गाउँ समाज देखि आफ्नै वरिपरिका परिवेशसँग कलम लिएर बातचित गरेकाे प्रत्यक्ष देखिन्छ । यसर्थमा कवि मनले समाजलाई स्नेह,प्रकृतिलाई प्रेम,समाजका सबै वर्ग ,जाति ,धर्म र भाषा अनि संस्कार संस्कृतिसँग मितेरी गाँस्न रुचाउने देखिन्छ ।
अब केही कविताहरुबाटै पनि कविलाई बुझाैँ :
"निकै गुराँसहरु टिपेर
निकै मीठाे सुनपाती र भैरुङपातीका
बास्नाहरु सँगालेर….पृ २४ प्रिय थेबा"
यहाँ कविले प्रकृतिलाई स्पर्श गरेर प्रकृतिकाे बासनालाई आफ्नै काबुमा लिएर वनपाखाहरुमा रमेकाे देखिन्छ साथै नव प्रेमील जाेडीहरुकाे पर्खाईमा प्रकृति मदमत्त भएर कतै आफ्नै प्रेमीकाकाे प्रेमील काख खाेजिरहेकाे थाह पाउन सकिन्छ ।
त्यस्तै अर्काे कविता पनि हेराैँ :
"…मन मुटु घाेचिरहन्छ रे
निरन्तर दुखिरहन्छ रे
ल्हाेछार आउदा…
घरिभत्र बसेर
छिप्पिएकाे जाँडकाे बास्ना….पृ ३३
यस कवितामा कवि मन धर्म परम्परा,संस्कार र संस्कृति हराईरहेकाे प्रति चिन्ता व्यक्त गरेकाे छ ।साथै आगामी पुस्ताले झन यसलाई कसरी लिन्छ भन्ने प्रश्नभावमा याे कवितालाई लिएकाे देखिन्छ ।
त्यस्तै नेपालका परिस्थिति चीन र भारत विचमा हाम्राे देश परेकाले हामी नेपालीले दु:ख ,अभावसँग पाैठाजाेरी गरिरहेकाे ,लडिरहेकाे प्रत्यक्ष नेपाली पीडाले कवि मन विक्षिप्त छन् कविता मार्फत कविलाई बुझाैँ ;
"..नुन चाहिएकाे छ
तेल चाहिएकाेछ
चामल चाहिएकाे छ
ओैषधी चाहिएकाे छ
..बस,खालि टुलुटुलु हेर्नुहुन्छ
सिमानाकाे भूगाेल
मानवीय भूगाेलकाे रेखामा
किञ्चित,चिसाे नराेपाै ..पृ ३३ ।
कतै देशमा आदिबासी पहिचानकाे कुरा हुदा सरकार चुप छन् ,नेपालकाे मुलबासी जातिकाे संस्कार संस्कृतिकाे विषयमा एक शब्द नबाेल्ने सरकारप्रति कवि मन खेद व्यक्त गर्छ ।
"मैले सुनेकाे
मेराे चाडपर्व र संस्कृति
याे सरकारले आफ्नाे मान्दैन रे,हाे?
मेराे भाषा
मेराे संस्कृति
मेराे रितिरिवाज.पृ ४१ ।
नेपाली समाजकाे स्थापना वा नेपालमा मूलबासीकाे इतिहासकाे विषयमा पनि यसाे भन्नुहुन्छ :
"..मञ्जुश्रीले स्थापना गरेकाे
मानव इतिहाससँगै
मिल्न सक्ने मेरा डिएनए…पृ ५३ ।
कवि कतै चाैतारामा बसेर बाटाेमा हिडिरहने यात्रीसँग मनमनै बातचित गर्छन् साेध्छन् । प्रकृतिसँग रम्दै वनपाखाहरुसँग यसरी हिँडिरहन,डुलिरहन रुचाउने कवि मन यसाे भन्नुहन्छ ।
"ए यात्री
तिम्राे पैतालाकाे
मूल्य कति हाे ?।" पृ ८२
कविले समसामयिक विषयवस्तु मावन जगतकाे ईतिहास मुलबासीकाे चित्कार बाेक्न सक्ने एक पहिचानवादी कविका रुपमा चिन्न सकिन्छ । कवि प्रकृतिप्रेमी,समाजवादी,प्रगतिवादी र स्वाच्छन्दवादी अनि मानवतावादी देखिन्छ ।
"लाखाै मानिस जन्मन्छन् युगमा युगले गरी
एकाध व्यक्ति जन्मन्छन् ,युग जन्माउने गरी"
डा.रामप्रसाद ज्ञावाली
साँच्चै नै याे धरतीमा युगले युगलाई जन्माउने तथा युग बाेक्नसक्ने पराक्रमी युगपुरुषहरुकाे खाेजिगरिरहेछन् कवि । देशमा फैलिरहेकाे महामारी र सिमानाकाे विषयमा विशेष चासाे राख्ने कवि समग्रमा समाज सुधार गर्न चाहने नेपाली राजनीतिक स्थिरता खाेज्ने देश र समाजकाे विषयमा एक चिन्तकका रुपमा समेत कविलाइ चिन्न सकिन्छ ।
मनुहाङ किराँती"साेलु"




