कृष्णा यादव
धनुषा । इच्छापुर र महेन्द्रनगरलाई जोड्ने निर्माणाधित पुलको निर्माण कार्य ८ वर्षमा पनि सम्पन्न नहुँदा स्थानीयहरु सास्ती भोग्दै आएको छ ।
निर्माण कार्यमा देखिएको निरन्तर ढिलासुस्तीका कारण स्थानीय बासिन्दाले आवतजावतमा चरम सास्ती भोगिरहेका छन्।
विशेषगरी वर्षायाममा खोलामा बाढी आउँदा इच्छापुर र महेन्द्रनगरका बासिन्दालाई आवतजावत गर्न ठूलो कठिनाइ हुने गरेको छ। करिब १२० फिट लामो र १२ फिट चौडाइको यो पुलको निर्माण ८ वर्षमा पनि किन हुन नसकेको भन्नेबारे सम्बन्धित निकायले अझै स्पष्ट पार्न सकेको छैन।

स्थानीय बासिन्दाहरूले पुल निर्माण कार्य सम्पन्न गराउन माग गर्दै पटक–पटक जिल्ला सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराउँदै आएका छन्। उनीहरूले पटक–पटक दबाब दिए पनि पुल निर्माणमा एक दशकदेखिको समस्या समाधान नहुँदा स्थानीय स्तरमा उत्पादन भएका कृषि उपज बजारसम्म पुर्याउन समेत कठिनाइ भइरहेको छ।
यसबाहेक, स्थानीयहरूले भनेका छन् कि “यदि हालको ठेकेदारले काम गर्न सक्दैन भने, अर्को सक्षम ठेकेदारलाई जिम्मेवारी दिएर यो पुल चाँडोभन्दा चाँडो निर्माण गर्नुपर्छ।”भने जोडदार माग गरे
स्थानीयको जोडदार माग अनुसार सम्बन्धित निकायले तत्काल पहल नगरे पुल निर्माण कार्य अझै अनिश्चित बन्न सक्ने चिन्ता व्यक्त गरे ।




