२०८० जेठ्को अन्तिमतिर हुनुपर्छ मधेशको प्रचण्ड गर्मीका कारण भंगाहा–४ बिर्ताकी सोनादेवी रन्थनिदै पिपल गाछीको छहारीमा सितलता तापिरहेकी थिइन ।
दुई बर्षदेखि साउदी अरव गएका श्रीमान बिजय कुमार महतोले हरेक दिन विहान फेसवुक मेसेन्जरमा कुराकानी गर्थे तर सम्पर्क हुन नसकेपछी सोनादेवी त्यँही छहारीमा बसेर कत्तै फोन आईहाल्छ कि भन्ने प्रतिक्षामा थिईन ।
दिउँसोको झन्डै २ बजेको थियो । मेसेन्जरमा फोन आउने श्रीमानको मोबाईल नंम्बरबाट फोन आयो । कहिलेकाँही काममा व्यस्त हुँदा बिजयले सम्पर्क गर्न नसक्ने र काम सकिएपछि फोन गर्ने भनेर यही नंम्वरबाट छोटो कुराकानी गर्थे ।
तर उक्त दिन बिजय कै मोबाइलबाट फोन गरेपनी उन्का साथी बोले । अनि भने –‘बिजय काम गर्दा गर्दै बिल्डिङ्गबाट लड्यो उसलाई अस्पताल लगिएको छ चिन्ता नगर्नु होला ।’
सोनादेवी निक्कै अतालिएर घरमा आईन अनि पुनः त्यही नंम्बरमा फोन गरिन । त्यसपछी भने फोन उठेन । गाउँमा साउदी अरवमा बिजय लडेर घाईते भएको चर्चा हुन थाल्यो ।
घटना सुनेको केहीदिनपछी बिजयका साथीले सोनादेवीलाई सम्पर्क गरेर केहीदिन उपचार गरेपछी उसलाई नेपाल फर्काउनु पर्ने र काम गर्नै नसक्ने अवस्थामा पुगेको सुनाए ।
सामान्य उपचार सकिएपछि गत जेठ–२५ गते उन्लाई काम गर्ने कम्पनीले स्वदेश पठायो । एयरपोर्टमा लिन पुगेकी सोनादेवी बिजयको अवस्था देखेपछी थप चिन्तित बनिन ।
‘श्रीमानलाई देखेपछी झन नसोचेको भयो । ह्विल चियरमा गुडाउदै ल्याईएका मेरा श्रीमानलाई कयौ पटक बोलाए तर बोल्न सकेनन । पुर्ण कोममा पो रहेछन ।’ सोनादेवीले सम्झदै भनिन । ‘त्यसपछी सम्पुर्ण भरोसा गुम्यो, वांहाले दुई वर्ष पनि काम गर्न पाउनु भएन ।’
बिजयको मेरुदण्ड भाचिएको थियो, पछाडी ठुलो चोट थियो । उनी हिडडुल गर्न सक्दैन्थे । अहिले सोनादेवी श्रीमान ठिक हुने आशामा दिनहरु बिताईरहेकी छन । गरिखानको लागि उनीहरुसँग पर्याप्त जग्गा छैन । बिहान–बेलुका बनिबुथो नगरी कुनै उपाय नै छैन । बिजय ओछ्यानमा अचेत भएर ढलिरहेका छन् । दिशा,पिसाव गर्नको लागि बोकेर लैजानुपर्छ ।
काठमाण्डौको सहारा मेनपावरबाट परिवारको सहारा बन्न प्रदेश गएका बिजय आफै अरुको सहारा पाउने गरि घर फर्किए ।
छोराहरुले त्यसपछि विद्यालय छाडे
बिजयका दुई छोराहरु भंगाहा सितापुरको एउटा विद्यालयमा पढथे ।
जेठा छोरा रोशन कुमार महतो प्लस टु पढदा–पढदै विचमा नै पढाइ छाड्नु प¥यो । कान्छा छोरा पोसन कुमार महतो एसएलसी दिएर बाकी पढाईलाई अगाडि बढाउन सकेनन ।
एकातिर बिजयको उपचार गराउनुपर्ने बाध्यता त अर्कोतिर पारिवारिक पालनपोषण गर्नुपर्ने जिम्मेवारी कै कारण पढाई छाडेर उनिहरु अहिले भारतमा रोजगाररत छन ।
‘छोराहरुले पठाएको पैसाले अहिले जेनतेन घर चलिरहेको छ । दैनिक उनलाई खुवाउनुपर्ने औषधिले नै छोराहरुको पैसा ठिक हुन्छ ।’ सोनादेविले भनिन । ‘कम्पनीले बिमा बापत पैसा पठाउने भनेको एक बर्ष भईसक्यो । नेपालको बैदेशिक रोजगार बिभागबाट केही पैसा दिए त्यो त उपचार गराउदै नै ठिक भयो ।’
उनका दुवै छोराहरु अझै अगाडी पढन चाहान्छन । तर पैसाको अभावमा समस्या बनेको नै कारण पढाई अगाडी बढाउन नसकिएको उनीहरुको भनाई छ ।
समृद्व नेपाल नामक संस्थाको दिर्घकालिन आयआर्जन गराउने प्रयास
वडाको सिफारिसमा समृद्व नेपाल नामक एक स्थानीय संस्थाको सहजीकरण र आड्रा नेपालको आर्थिक सहयोगमा पिडित बिजयको परिवारलाई स्वरोजगार बनाउने प्रयास गरिएको छ ।
‘बिजय जीको दर्दनाक अवस्था देखेपछी हामीले आर्थिक सहयोग भन्दा थोरै पैसा भएतापनी स्वरोजगार बनाउनु पर्छ र दिर्घाकालिन पैसा आईरहने बातावरण बनाउनु पर्छ भन्ने उदेश्यले जम्मा २० हजार लगानि गरेर साइकल वोर्कसप खोलिदिएका छौ ।’ समृद्व नेपालका अध्यक्ष भिम आलेले भने ।‘अहिले दैनिक २ सय देखि ३ सय आम्दानी भईरहेको छ ।’
बिजयको घर अगाडी तर्फ भित्रि सडकलाई केन्द्रित गरेर यो वोर्कसपलाई बिजयका काकाले हेरिदिएका छन् । ‘समृद्व नेपालको यो अवधारणाले केही राहत महसुस भएको छ ।’ उन्ले भने ।
थोरैबाट पनि उपलब्धिमुलक काम गर्न सकिन्छ भन्ने अहिले भंगाहामा मात्र हैन औरही, गौशाला र बर्दिवासमा बिजय जस्ता धेरैको परिणाम देखिएको समृद्व नेपालका अधिकारीहरु बताउछन् ।
तथ्यांकअनुसार महोत्तरी बैदेशिक रोजगारीमा जानेहरुको आधारमा देश कै शिर्ष स्थानमा पर्दछ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुसार श्रम स्वीकृति लिने जिल्लाहरु तथ्यांकलाई आधार बनाउदा महोत्तरीबाट सबैभन्दा बढी कामदार बैदेशिक रोजगारमा गएको देखिएको छ ।बैदेशिक रोजगारमा रेकर्ड बनाउने धनुषा, सिरहा, झापा, मोरङ मध्ये महोत्तरी अग्रस्थानमा रहेको देखिएको छ ।




