उज्वल झा,जनकपुरधाम- मधेश प्रदेशमा हालै गरिएको मुख्यमन्त्री नियुक्तिलाई लिएर उठेको विवाद निराधार भएको सामाजिक अभियन्ता तथा राजनीतिज्ञ उज्वल झाले टिप्पणी गर्नुभएको छ ।
झाका अनुसार केही राजनीतिक वृत्तहरूले संविधानको धारा १६८(२) अनुसार अझै प्रक्रिया बाँकी रहेको दाबी गर्दै विवाद खडा गरेका छन् । तर सो तर्कको कुनै कानुनी औचित्य नरहेको उहाँको भनाइ छ । उहाँले प्रश्न गर्नुभयो, “जब माननीय जितेन्द्र सोनलज्यू स्वयं १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो र २५ दिनमै राजीनामा दिनुभयो, त्यसै धारामा फेरि नियुक्ति गर्दा प्रदेशमा स्थायित्व कसरी सम्भव हुन्थ्यो ?”
उहाँका भनाइमा हाल संविधानको धारा १६८(३) बमोजिम गरिएको मुख्यमन्त्री नियुक्ति पूर्ण रूपमा कानुनसम्मत र संवैधानिक प्रावधानअनुरूप भएको हो । झाले थप भन्नुभयो, “यो विवाद राजनीतिक लाभका लागि सिर्जना गरिएको हो, कानुनी रूपमा यसको कुनै आधार छैन ।”




