काठमाडौँ - हामी नेपालका संस्थापक सुदन गुरुङले आफूहरूको माग पूरा नभएसम्म चुनाव हुन नदिने दोहोर्याएका छन् ।
मतदाता नामावली संकलनबारे बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका उनले जेन जेड युवाहरू निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीबिरुद्ध लडेको बताए ।
आफू कुनै दलमा आबद्ध नभएको र निर्वाचनमा आफू नलड्ने उनले बताएका छन् ।
‘दल दर्ताको कुरा चाहिँ म आफैँ छक्क परिराको हुन्छु । कहिले कुलमानजीको पार्टीमा भन्छ, अर्को स्क्रोल गर्यो बालेनकोमा गयो रे भन्छ । फेरि सुमनामा गयो रे भन्नुहुन्छ । हाम्रो कुरा चाहिँ-हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौँ ह्वीच इज क्लियर ’ जेनजीको माग पूरा नभएसम्म कसैले पनि चुनाव-चुनाव भन्न पाइँदैन । ८४ को चुनाव सार्नलाई हामी लडेको होइन ।’
गृहमन्त्रीले राष्ट्रपति कार्यालयमा आफूसँग कानूनी सल्लाहकार भएर जाँदा गरेका प्रतिबद्धता अनुसार काम गर्न नसकेको सुदनको भनाइ छ । जनताको चाहना र इच्छाअनुसार गृहमन्त्री फेरिनुपर्ने जरुरी रहेको उनको भनाइ छ ।Tags :चुनावसुदन गुरुङहामी नेपाल




