बर्दिवास । महोत्तरी क्षेत्र नं.१ मा नेकपा एमाले महाअधिवेशन निर्वाचित प्रतिनिधिहरु बीच आन्तरिक कलह सिर्जना भएको छ ।
केही मिडियाहरुमा शंकर महतो प्यानलको नाममा चर्चा सुरु भएपछी विवाद सतहमा आएको हो ।
नेता महतोले आफुलाई चर्चामा ल्याउन प्यानलकोरुपमा चर्चा गरेको प्रतिनिधिहरुले वताएका छन ।
वडा अध्यक्ष तथा माहाअधिवेशन प्रतिनिधि विराट विष्टले निर्वाचित प्रतिनिधिहरु कसैको प्यानलको नभएको जिकिर गर्दै महतोले व्यक्तिगत स्वार्थको लागि आफुलाई चर्चा ल्याउन अफवाह फैलाउने काम गरेको वताए ।
कार्यकर्ताहरुले निक्कै उत्साहका साथ छानेर आफ्ना नेताहरुलाई केन्द्रिय नेतृत्व चयन गर्न पठाएको वताउदै अर्की नेतृ विन्दु किङरिङ्गले कोहीपनी कसैको प्यानलमा नभएको बताईन ।
अन्य क्षेत्रको तुलनामा क्षेत्र नं.१ को प्रतिनिधि छनोट प्रक्रिया निक्कै रोचक बनेको थियो । निर्वाचनको माध्यमबाट भएको छनोटमा कार्यकर्ताहरुले केही परिचित अनुहारलाई समेत पराजित गराए ।
दुई पटक प्रदेशसभामा निर्वाचित सारदादेवी थापा, जिल्ला उपाध्यक्ष अम्बिका गौतम लगायतका नेताहरुलाई कार्यकर्ताहरुले विस्वास गर्न सकेनन ।
प्रतिनिधिको दावेदार सहित निर्वाचनमा होमिएका उनिहरुले पराजय ब्यहोर्नु पर्यो । यसले पनि आसन्न ११ औ माहाअधिवेशन सोचेभन्दा फरक हुने आकलन गरिएको छ ।
अझ सारदादेवी थापालाई केन्द्रिय सदस्यको बलियो दावेदारकोरुपमा आकलन गरिएको थियो तर केन्द्रिय सदस्यको प्रतिस्पर्धामा कार्यकर्ताहरुले पारम्भमा नै किन ब्रेक लगाए भन्ने विषयले अहिले चर्चा पाएको छ ।
यता केन्द्रिय सदस्य बार्गेनिङ्गको लागि नै नेता महतोले प्यानलको नाममा आफुलाई चर्चामा ल्याउन खोजेको नेताहरुले बताएका छन ।
कार्यकर्ताहरुमा नेता महतोको अन्तिम समझदारी भएपछि मात्र प्रतिनिधिकोरुपमा स्विकार गरिएको बताईएको छ । प्रतिनिधिमा निर्वाचित एकजना नेताका अनुसार महतोलाई सारदादेवि थापा कै सुचिमा राखेर हेरिए तापनी अन्तिम समयमा समझदारी बनेको थियो ।
क्षेत्र नं.१ बाट मात्र १० जना र जिल्लाभरबाट ५५ जना प्रतिनिधि माहाअधिवेशनमा जानेछन ।




