सुजाता राई
विराटनगर। विराट साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा साहित्यकार शम्भुप्रसाद भट्टराईद्वारा लेखिएको कृति ‘अहम्–तुष्टि : चेतनाको अदृश्य सत्ता’ बुधवार नेपाल पत्रकार महासंघको सभाहलमा सार्वजनिक गरियो।
प्रमुख अतिथि- बलराम पोखरेल रहेका कार्यक्रममा विशिष्ट अतिथि प्रा.विवश पोखरेल विशेष अतिथिहरू प्रा. कविराज न्यौपाने, प्रा.खेम नेपाली, वरिष्ठ सल्लाहकार सरला चापागाई, डा. देवी पन्थी, डा. बाबुराम तिम्सिना, सह–प्राध्यापक कृष्ण वस्ती र प्राध्यापक रमनाथ भट्टराई उपस्थित थिए।

कार्यक्रमको प्रारम्भमा संस्थाकी सदस्य कविता केशरीले सहभागीलाई शब्द–स्वागत गरिन्। समीक्षक बाबुराम पोखरेलले लेखकको संक्षिप्त परिचय प्रस्तुत गरे। सोही अवसरमा लेखककी जीवनसंगिनीले पतिको जन्मदिन र कृति विमोचन एउटै दिन परेको खुशी धार्मीक स्वरमा प्रस्तुत विशेष रचनामार्फत व्यक्त गरिन्।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकर्मी यज्ञप्रसाद शर्मा, अनुसन्धानकर्ता केशु विरही,समिक्षक भवनी प्र.पोखरेल, हरि कट्टेल, लोचन रिजाल, उमानाथ घिमिरे ‘सगर’, उमानाथ भट्टराई ‘अचल’, हरिप्रसाद बराल, भीम कोइराला, शिवनारायण सिङ्गल, नवराज पोखरेल 'नवशिला' शैलेन्द्र घिमिरे, लक्ष्मी रायमाझी, पुष्पा सायरा, चुडामणि नेपाल ‘अकिञ्चन’, सञ्जय, कर्ण, कृष्ण प्र.भण्डारी,सविना श्रेष्ठ, चन्द्रकान्त भट्टराई,सरिता तुलाधर, सुजाता राई, मीनकुमार नवोदितलगायतको उल्लेखनीय सहभागिता थियो।

कृतिको समीक्षात्मक प्रस्तुति जीवन काश्यपले गरेका थिए भने मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम गोपाल निर्भीकले सञ्चालन गरेका थिए।




