महोत्तरी - महोत्तरीको बर्दिबास नगरपालिका-५ स्थित ढुङ्ग्रे गढन्ता भित्री सडक खण्डमा आज भएको मोटरसाइकल दुर्घटनामा एक महिला र पाँच वर्षीय बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दिउँसो करिब १ बजे ढुङ्ग्रे गढन्ताबाट बर्दिबासतर्फ आउँदै गरेको प्रदेश २–०२–००४ प ७६७६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी पोस्ट माईस्थानबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।दुर्घटनामा बर्दिबास नगरपालिका–१० भालुझोरा निवासी मोटरसाइकल चालक सुरेश रसाइलीकी श्रीमती ३५ वर्षीया रश्मी बी.के.को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी दुर्घटनामा मोटरसाइकल चालक ३३ वर्षीय सुरेश रसाइलीको दाहिने खुट्टा भाँचिएको छ। उनको अवस्था मध्यम रहेको र बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा उपचार भइरहेको छ।
मोटरसाइकलमा सवार चालकका दाजु रुपेश रसाइलीका छोरा पाँच वर्षीय रोमन रसाइली गम्भीर घाइते भएका थिए। उपचारका क्रममा दिउँसो १ः३० बजे बालकको मृत्यु भएको अस्पतालले जनाएको छ।
दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी नायब उपरीक्षक विकास बमको कमाण्डमा प्रहरी टोली खटिएको जिल्ला प्रहरीले जनाएको




