सुजाता राई
विराटनगर- नोबेल साकोस संस्था शाखा विराटनगरको आयोजनामा दाहाल प्रतिष्ठानको सभा हलमा शनिबार वरिष्ठ कवि उमेश लुइँटेल सम्मानित भएका छन् ।
संस्थाकी अध्यक्ष मञ्जु घिवमिरे दाहालको अध्यक्षतामा प्रमुख अतिथि प्राध्यापक, वरिष्ठ पत्रकार तथा एलिट क्लब संस्थाका महासचिव यज्ञप्रसाद शर्माको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
शर्माले नोबेल साकोस संस्थाललाई बधाई तथा शुभकामना दिदै साहित्यिक गतिविधिले समाजलाई सकारात्मक दिशातर्फ अग्रसर गरिरहेको बताए।

यसै क्रममा चारु प्रतिष्ठानका अध्यक्ष डा.देवी पन्थीले सम्मानित र प्रमुख अतिथिको परिचर्च कौशल पुर्वक उपस्थिति बिच बताए। राम्रो व्यक्तिहरुलाई प्रमुख अतिथि र सम्मानित चुनेको धारण राख्दै साकोसलाई बधाई तथा शुभकामना व्यक्त गरे।
यो अवसरमा साहित्यकार पुण्य चौलागाईंलाई साकोसको आजिवन सदस्यता प्रदान गरियो।
कार्यक्रममा मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल, विभागीय प्रज्ञा अध्यक्ष शिवनारायण सिंगललगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो। साथै दाहाल प्रतिष्ठानका केन्द्रीय सदस्य मोहनप्रसाद दाहाल, मैथिल नाट्यकलाका अध्यक्ष डोमि कामत, खोटाङ समाजसेवाका अध्यक्ष कृष्णप्रसाद भण्डारी, कोषाध्यक्ष केदार ढकाललगायत विभिन्न साहित्यिक तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

स्रष्टा परिचय सदस्य शान्ता भट्टराईले प्रस्तुत गरेकी थिइन् । स्वागत मन्तव्य तथा सम्मानपत्र वाचन उपाध्यक्ष भूपाल अधिकारीले गरे भने आजीवन सदस्यताको परिचयपत्र कोषाध्यक्ष ऋषि तिवारीले वाचन गरेका थिए। कार्यक्रम सञ्चालनको सम्पूर्ण जिम्मेवारी सुजाता राईले सम्हालिन्।
रचनावाचनमा यमुना भट्टराई, डोमि कामत, उद्धव केसी (ज्वालामुखी), गोपाल निर्भिक, सुरेशकुमार अग्रवाल, नानुमाया दाहाल,ऋषि तिवारी,भूपाल अधिकारी, अच्युतमणि पौडेल, शारदा भट्टराई, रोहिणी रसिक, शान्ता भट्टराई, केशव रिजाललगायत स्रष्टाहरूले विभिन्न भाषामा आ-आफ्ना रचना प्रस्तुत गरे।

असल श्रोताका रूपमा कोशी साहित्य कला समाजका अध्यक्ष केशु विराही, सचिव नवराज नवसिला, समालोचक भवानीप्रसाद पोखरेल, प्रगतिशील लेखक सङ्घका साहित्यकार शैलेन्द्र घिमिरे तथा कवि टंकराज वंशी उपस्थित थिए।




