जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) जनकपुरधाम आइपुग्नुभएको छ।
आइतबार साँझ जनकपुरधाम जनकपुरधाम विमानस्थल हुँदै जनकपुरधाम आउनुभएको हो।
विमानस्थलमा बालेनको स्वागतमा आएका बालेन समर्थकले ‘अबकी बार बालेन सरकार’को नारा लगाएका थिए। भीडले विमानस्थलको सिसा समेत फुटाएको थियो।
सोमबार जनकपुरधाम स्थित तिरहुतिया गाछिमा आयोजित कार्यक्रममा सहभागी हुन बालेन जनकपुरधाम आउनुभएको हो।
साहले भोलिको कार्यक्रमका लागि केही तयारी र व्यवस्थापनबारे बुझ्नुपर्ने बताउँदै जिल्ला प्रहरी प्रमुखसँग सुरक्षा तथा कार्यक्रम व्यवस्थापनका विषयमा छलफल गरिने जानकारी दिए ।
उनले समर्थकहरूलाई शान्त र संयमित रहन आग्रह गर्दै आजका लागि नआत्तिकन घर फर्किन र भोलि कार्यक्रमस्थलमै उपस्थित हुन अनुरोध गरे ।
जनकपुर विमानस्थलमा साहको आगमनसँगै समर्थकहरूले उनको पक्षमा नाराबाजी गरेका थिए ।
रास्वपाले सोमबार जनकपुरधाममा आयोजना गर्न लागेको बृहत सभालाई पछिल्लो राजनीतिक घटनाक्रमपछि विशेष महत्वका साथ हेरिएको छ ।
जनकपुरधामको कर्यक्रम पश्चात् सिरहाको लहानमा आयोजित कार्यक्रममा सहभागी हुँदै झापा जाने कार्यक्रम रहेको छ।




