जनकपुर –राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)का नेता डा. स्वर्णिम वाग्लेले अब मधेसलाई राष्ट्रिय समृद्धिको केन्द्र बनाइने बताएका छन्।
सोमबार जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै डा. वाग्गेले मधेसलाई केन्द्रमा राखेर अघि बढ्ने बताए। साघुरिएको विकृत आर्थिक मोडललाई फेर्ने योजना बनाइरहेको बताउँदै उनले भने, ‘राष्ट्रिय समृद्धिको केन्द्रमा मधेस प्रदेशलाई राखेका छौँ।’



त्यसैले चुनावी अभियानको सुरुवात जनकपुरबाट गरेको उनले बताए। आगामी प्रतिनिधि सभाको चुनावका लागि रास्वपाले जनकपुरबाट चुनावी अभियान सुरु गरेको छ।
चुनावी सभामा रास्वपा अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भइसकेको छ।





