काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १३१ नयाँ उम्मेदवार मैदानमा उतारेको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ३६ वटामा मात्रै उम्मेदवार दोहोर्याएको हो ।
कुल निर्वाचन क्षेत्रमध्ये कांग्रेसले सबै निर्वाचन क्षेत्रको टिकट बाँडफाँट टुङ्ग्याएको छ । त्यसमध्ये सो बराबरको सङ्ख्यामा पुराना अनुहार दोहोर्याइएको हो ।
कांग्रेसले अघिल्लोपल्ट ८९ सिटमा मात्रै उम्मेदवार उठाएको थियो । त्यसमध्ये सो पार्टीले ५७ वटामा जित निकालेको थियो । त्यसरी जित हासिल गर्ने २१ जनाले मात्रै फेरि टिकट पाए, १३ जना भने यसअघि हारेर पनि फेरि उम्मेदवार बन्न सफल भएका हुन् ।
जितेर दोहोरिएका यी २५ उम्मेदवार
सुनिल कुमार शर्मा (मोरङ–३) डा शेखर कोइराला (मोरङ–६) ज्ञानेन्द्र बहादुर कार्की (सुनसरी–४) दिनेशकुमार यादव (सप्तरी–३) तेजुलाल चौधरी (सप्तरी–४) महेन्द्र कुमार राय (महोत्तरी–४) देवप्रसाद तिमल्सिना (रौतहट–४) रमेश रिजाल (पर्सा–४) प्रदीप पौडेल (काठमाडौँ–५) उदय शमशेर राणा (ललितपुर–१) मोहन आचार्य (रसुवा) विनोद चौधरी (नवलपरासी पश्चिम–१) सुरेन्द्रराज आचार्य (कपिलवस्तु–२) शंकर भण्डारी (तनहुँ–२) टेकबहादुर गुरुङ (मनाङ) योगेन्द्र गौचन थकाली (मुस्ताङ) चन्द्रकान्त भण्डारी (गुल्मी–१) दीपक गिरी (दाङ–३) सञ्जयकुमार गौतम (बर्दिया–१) दिकपाल कुमार शाही (दैलेख–२) पुष्प बहादुर शाह (अछाम–२) अभिषेक प्रताप शाह (कपिलवस्तु–३) गगन कुमार थापा (सर्लाही–४) र एनपी साउद (कञ्चनपुर–२), अजय कुमार चौरासिया (पर्सा–२) ।
जितेर पनि दोहोरिन नपाएका ३० उम्मेदवार
पूर्णबहादुर तामाङ (रामेछाप), पूर्णबहादुर खड्का (सुर्खेत–२), विश्वप्रकाश शर्मा (झापा–१), मोहन बहादुर बस्नेत (सिन्धुपाल्चोक–२), विष्णु कुमार कार्की (नवलपरासी पूर्व–२), रामनाथ अधिकारी (धादिङ–२) हृदयराम थानी (सुर्खेत–२) रामहरि खतिवडा (ओखलढुङ्गा–१) राजेन्द्र बजगाइँ (गोरखा–१) दीपक खड्का (संखुवासभा) राजु थापा (स्याङ्जा–१) बद्री पाण्डे (बाजुरा) धनराज गुरुङ (स्याङ्जा–२) नारायण खड्का (उदयपुर–१) रमेश लेखक (कञ्चनपुर–३) श्याम कुमार घिमिरे (सिन्धुली–१) किशोरसिंह राठौर (बाँके–३) दिलेन्द्र बडू (दार्चुला–१) नारायण प्रकाश साउद (कञ्चनपुर–२) सशांक कोइराला (नवलपरासी) वीरबहादुर बलायर (कैलाली–४) शेरबहादुर देउवा (डडेलधुरा) रामचन्द्र पौडेल (तनहुँ–१) दुर्लभ थापा (भक्तपुर–२) खमबहादुर गर्बुजा (म्याग्दी) डिल्लीराज पन्त (कैलाली–५) सन्तोष चालिसे (काठमाडौँ–३) एनबहादुर शाही (मुगु) राजेन्द्र केसी (काठमाडौँ–१०) प्रकाशमान सिंह (काठमाडौँ–१) सीता गुरुङ (तेह्रथुम)
हारेर पनि दोहोरिएका ६ जना उम्मेदवार
महेन्द्र यादव (सुनसरी–३), मो. फिर्दोस आलम (रौतहट–२), भरत कुमार शाह (रुपन्देही–५), महालक्ष्मी उपाध्याय डीना (मकवानपुर–१), सुरेन्द्रप्रसाद चौधरी (पर्सा–३) र देउकुमार थेवे (झापा–४) ।
अघिल्लो पटक प्रत्यक्ष जितेर पनि अहिले समानुपातिकमा गएका १ जना
अर्जुन नरसिंह केसी
अघिल्लो वर्ष समानुपातिकमा भएर अहिले चुनाव लड्न आएका ३ जना
प्रकाश शरण महत, विमलेन्द्र निधि र सुशीला थिङ
निर्वाचन क्षेत्र परिवर्तन गरेका ३ जना
गगनकुमार थापा (काठमाडौँ–४ बाट सर्लाही–४), विनोदकुमार चौधरी (परासी–१ बाट नवलपुर–१) र किशोर सिंह राठौर (बाँके–३ बाट बर्दिया–२)




