महोत्तरी - महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तर्फबाट लक्ष्मी महतो कोइरीले उम्मेदवारी दर्ता गराएकी छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कोइरीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए ।
२०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएकी कोइरीलाई यसपटक पनि एमालेले निरन्तरता दिएको हो । पार्टी संगठन सुदृढ रहेको मानिने यस क्षेत्रमा एमालेले अनुभवी नेतृलाई अघि सार्दै चुनावी प्रतिस्पर्धामा प्रभाव जमाउने रणनीति अपनाएको देखिन्छ ।




