सुजाता राई
विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) विराटनगर महानगर कमिटीले ७५औँ मदन जयन्तीको अवसर पारेर केन्द्रीय मिसन जागरण अभियान ३०८३ को शुभारम्भ गरेको छ।आइतबार पाँचालीस्थिर पार्टी कार्यलयमा आयोजितको विधिवत् सुरुवात गरिएको हो।



महानगर कमिटीका अध्यक्ष -बलराम गिरी (नवीन)को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि रहेका थिए।
“जनता रिसाएका छन् , नेता-कार्यकर्ता आत्मासमिक्षा गरेर सच्चिनुपर्छ” कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं मुख्यमन्त्री कार्कीले नेता र कार्यकर्ता दुवैले आत्मसमीक्षा गर्दै सचिनुपर्ने समय आएको बताएका छन् । नेता–कार्यकर्ता नसच्चिने हो भने पार्टी अझ कमजोर अवस्थामा पुग्ने चेतावनी दिए ।
जनानेता मदन भण्डारीको “जनता नै सबै निर्णय गर्ने शक्ति हुन्“ भन्ने विचारलाई आत्मसात् गर्नुपर्ने जोड्दिँदै मुख्य मन्त्री कार्किले धारण व्यक्त गरे, अब हामी जनतासामु निहुरिन सक्नुपर्छ। जनता किन रिसाइरहेका छन् भन्ने कुरा बुझेर व्यवहार र कार्यशैली परिवर्तन गर्न जरुरी छ।”उहाँलेसँग प्रत्यक्ष जोडिने जनप्रतिनिधि र नेताहरुलाई अनुसासनमा रहेर कामगर्ने निर्देश समेत दिए।

एमाले केन्द्रीय सदस्य पर्शुराम बस्नेतले पार्टी सञ्चालनका लागि स्पष्ट सिद्धान्त आवश्यक पर्ने बताए । उनले एमालेका नीति, विचार र एजेन्डा जनतामाझ पुरयाई पार्टीप्रति आकर्षण बढाउने उद्देश्यसहित ‘मिसन जागरण अभियान २०८३’ सुरु गरिएको जानकारी दिए ।
चिया पसलमा उपकार गर्नुभन्दा सामुन्ने आएर गल्ती औंल्याउनुहोस् । जनमैत्री ढंगले अघि बढ्दै जनताको सेवामा समर्पित हुन नेता–कार्यकर्तालाई बस्नेतले आग्रह गरे ।
त्यसैगरी नेता विनोद ढकालले मदन भण्डारीको सादगीपूर्ण जीवनशैली र विचारलाई वर्तमान नेतृत्वले पूर्ण रूपमा अनुसरण गर्न नसकेको टिप्पणी गरे । उनले नेताहरू जनताभन्दा पद र नेतृत्व केन्द्रित बन्दै गएको कारण पार्टीभित्र समस्या देखिएको बताए ।
ढकालले संकटका बेला पार्टीलाई साथ दिनुपर्ने उल्लेख गर्दै कठिन समयमा पार्टी छाड्नेहरू सच्चा कार्यकर्ता हुन नसक्ने बताए । उनले घर–घरमा पुगेर पार्टीको विचार, अवस्था र नीति जनतासमक्ष पुरयाउनु पर्नेमा जोड दिए ।
कार्यक्रम आयोजक एमाले महानगर कमिटीका अध्यक्ष बलराम गिरीले टोल–टोलमा भेला आयोजना गर्दै घरदैलोमार्फत अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले महानगरभित्र रहेका जनसंगठनलाई थप सक्रिय र क्रियाशील बनाइने प्रतिबद्धता व्यक्त गरे ।
नेता तथा कार्यकर्ताहरूको व्यापक उपस्थिति कार्यक्रममा एमालेका शीर्ष र स्थानीय नेताहरूको बाक्लो उपस्थिति रहेको थियो।
केन्द्रीय नेताहरू: जीवन घिमिरे, पर्शुराम बस्नेत, शिल्पा निरौला कार्की, विनोद ढकाल र भूराज राई।
प्रदेश कमिटीका नेताहरू: विमला दाहाल घिमिरे, रमेश पोखरेल, सन्तोषी श्रेष्ठ, विक्रम तिवारी, मनोज विक्रम शाह र बाबुराम कार्की।
जिल्ला कमिटीका नेताहरू: सागर थापा, सन्तोष बन्तावा र उषा झा।

कार्यक्रममा महानगर कमिटीका पदाधिकारी, जनप्रतिनिधि, १९ वटै वडा कमिटीका प्रतिनिधि तथा पार्टी समर्थक र शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
महानगरको अध्यक्ष बलराम गिरिको अध्यक्षतामा उपाध्यक्ष सुरज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विज्ञान चापागाईंले गरेका थिए।




