धनुषा- शिक्षा पत्रकार समाजको आज प्रदेश न. २ को जनकपुरमा सम्पन्न ‘मधेसमा शिक्षाका मुद्दाहरु र सञ्चार क्षेत्रका प्राथमिकता’ विषयक कार्यशालाका अवसरमा आयोजित भेलाले बाह्रखरी डटकमका सुरेश यादव (धनुषा)को संयोजकत्वमा समाजको प्रदेश ११ सदस्यीय कमिटी विस्तार गरिएको छ ।
सो कमिटीको सहसंयोजकमा ग्यालेक्सी फोरके टेलिभिजनका विश्वनाथ ठाकुर (सर्लाही), सदस्यहरुमा ब्रम्हास्त्र दैनिकका त्रिलोकीनाथ यादव (पर्सा) फरिछ नेपाल डटकमका शम्भु यादव (सिरहा), बाह्रखरी डटकमका कमलेश ठाकुर (धनुषा), रेडियो सुनगाभाका सुभद्रा भुजेल (महोत्तरी), सर्लाही अपडेट दैनिकका वन्दना झा (सर्लाही), राससका उत्तम उपाध्याय (रौतहट), गढीन्यूज डटकमका पवन यादव (रौतहट) र भोजपुरी टाइम्स दैनिकका प्रभु यादव (बारा) रहनुभएको छ ।
समाजका केन्द्रीय अध्यक्ष प्रकाश सिलवालको उपस्थितिमा भएको भेलाले शैक्षिक सुधारका लागि पत्रकारिता क्षेत्रबाट योगदान दिन सशक्तरुपमा काम गर्नुपर्ने जोड दिइएको छ ।







