विनोद चौधरीले आफ्ना आत्मकथा पुस्तकको बाह्र खण्डमा वाइवाइको विश्वव्यापीकरण शिर्षक अन्र्तगत एउटा एनेकडट लाई साँझा गर्दै भन्नूभएको छ की- उहाँ दुबई बिमानस्थलमा आफ्नो सामान कुर्दै हुनुहुन्थ्यो ।
भर्खरै काठमाण्डैबाट आएको कतार एयरवेजको जहाजमा यात्रु खचाखच थिए, त्यसमा अधिकांश युवा नेपाली । ब्यागेज बेल्ट मा सामान लिन कुर्दैगर्दा चौधरीले वाइवाइका चार-पाँच कार्टुन गुड्दै आएको देख्नु भयो । उहाँले सोध्नुभएछ,
‘यो वाइवाइको कार्टुनमा के नि?‘



‘वाइवाइ चाउचाउ’, उनिहरुले भने ।
…चौधरी जवाफ सुनेर औधी खुशी महसुस गर्नुभएछ । त्यसरी नै जसरी बेस्सरी भोख लागेको बेला कसैले वाइवाइ खान पाइहाल्छ । उहाँले ती मानिसहरुलाई वाइवाइ चाउचाउ बनाउने आफुनै हो भन्न मन भएछ । तर, उहाँ सक्नुभएनछ । आत्मकथा मै उहाँ ले भनु भएको छ की, वाईवाई मात्र मेरो (विनोद चौधरी) उत्पादन कहाँ हो र, यो त ‘हामी सबैको’ भइसक्यो ।
भनिन्छ की, कुनै व्यक्तिको सकारात्मक प्रभावका असर(हरु) समाज र देशमा पर्न थाल्छन अनि त्यस्ता व्यक्ति(हरु) फगत व्यक्ति रहँदैनन्, आफैमा संस्था भइहाल्छ । हो, आजको मीतिमा विनोद चौधरी आफैमा एउटा संस्था बनिसक्नु भएको छ । उहाँले संचालनमा ल्याउनु भएको चौधरी ग्रुप (सीजी) तथा चौधरी फउण्डेशनले नेपालको अर्थतन्त्र र रोजगार जगतमा एककिसीमको ‘बेन्चमार्क सेट’ गर्न सफल हुनुभएको छ ।
नव मिथीला फाउण्डेशनको तत्वाधानमा आयोजीत जनकपुर ‘लिट्रेचर फेस्टीभल’ मा चौधरीले साहित्य भनेको कुनै पनि समाजको ऐना हो भनी आफ्ना बिचार राख्नु भएको थियो । कला र साहित्यमा रचनात्मक लगानी र विश्वको खुला बजारमा उपभोक्ता सम्म पुर्याउन सफल हुने हो अनि मात्र कला र संस्कृतिको जगेर्ना भएको मान्न सकिन्छ । कुनै बेला नेपाली पश्मिनाको सल बेलायतकी महारानीको रोजाईमा परेको थियो, चौधरीले उत्साहबर्धक उदाहरण दिनुभएको थियो । तर आज त्यस्तो अवस्था छैन् । नेपालमा यस्ता धेरै पृथक चिजहरु छन् जसको उत्पानद र निर्यात गर्ने सक्ने हो भने कला संस्कृतीको फैलाबट हुनुको साथै अर्थतन्त्रमा यसले टेवा पुर्याने छ ।
प्रदेश २ मा मिथीला चित्र लगायत धेरै अन्य सम्भावनाहरु छन जसमा प्रदेश सरकारले ध्यान दिने हो भने त्यसले प्रदेशलाई बिभिन्न खाले सहयोग प्रदान गर्ने छ । तर यस प्रदेश ले खर्बौको बजेट खर्च गरिसकेको अवस्थामा यस्ता कार्यलाई प्राथमिकीकरण गर्न सकेको छैन् भनी आरोप लाग्दै आएको छ ।
संघीय सांसद एवम उद्योगपति चौधरीले प्रदेश नं. २ मा लगानी गर्नको लागि लगानीकर्ता तयार रहेको बताउनु भएको थियो । यसको लागि प्रदेश सरकारले केबल वातारवरण बनाउने कार्य गर्नुपर्छ भन्नु भएको थियो । उहाँको अनुसार प्रदेश सरकारले जग्गा, विजुली, सुरक्षा व्यवस्थापन गरिदिनुर्यो, प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई आग्रह गर्नुभएको थियो । त्यतीमात्र होईन, उनले मुख्यमन्त्रीलाई आफ्नो राम्रो मित्र भनी मंचबाट सम्बोधन गर्नुभयो ।
प्रदेश सरकार गठन भएको मीति देखि आज सम्म ५१ किलोमिटरको कालो पत्रे सडक निर्माण गरेका छन् । ती मध्ये उद्योग स्थापनालाई केन्द्रमा राखेर कति सडक बनाए वा बनाएनन् थाहा छैन् ।
यद्धपी, सडक बन्नु आफैमा व्यपार ब्यवसायको फैलाबट बढाउन टेवा पुर्याउँछ भने सत्यतालाई नकार्न मिल्दैन । अन्य थुप्रा योजनाहरु संचालनमा ल्याएका छन्, प्रदेश सरकारले । उद्योग खोल्नुपर्छ भनी प्रदेश सरकारले सोँचेका छन् छैनन् थाहा भएन । तर यद्योग खोल्नुपर्छ भनी घनिभूत छलफल भएको बिरलै सुन्नमा आएको छ । नेपालको संबिधानको अनुसूची-६ मा औद्योगिकीकरण, व्यवार व्यवसा बारे अधिकार प्रदेश लाई दिएको छ ।
आज सम्म जनकपुरमा ‘मेगा बिजनेश समिट’ को आयोजना हुन नसक्नु निन्दनिय छ । नेपालमा व्यवहारिक समस्या भनेको हामी नेपाली लाई अनुदान र परनिर्भरताको रोग लागेको छ । विदेशीको सदभाव मा नै देश चलाइन्छ भन्ने मानसिकता अहिले पनि ब्याप्त छ । र विदेशी सहायता नआउने हो भने देश कुनै ठूलो संकटबाट गुज्रिनु पर्ला की भनी भय छ । तर हामी आफ्ना घरेलु उद्ययोगपतिहरुलाई एकपटक भेला गराउने हो भने प्रदेश २ मा औद्योगीकरणको बिजारोपण त्यही दिन नै भैहाल्नेमा दुबिधा छैन् । तर अग्रसरता लिनुपर्छ, प्रदेश सरकारले ।
कार्यक्रमको माझ उद्ययोगपती एवम सांसद चौधरीले दुई सय वाटको सोलार प्लान्ट लगाउने सम्झौता भएपनि काम अघि बढ्न नसकेको जिकिर गर्दै उनले जग्गा अधिनस्तको टुंगो लगाएर परियोजनालाई अघि बढ्न नसककेको भन्दै उनले जग्गा अधिनस्त गर्ने मुद्दाको टुंगो लगाएर परियोजनालाई अघि बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको थियो । कुनै पनि व्यपार एवम उद्योग संचालनका निमित्त पहिलो आवश्यकता हो उर्जा ।
सोलार प्लान्ट नलाग्नुमा संघ-प्रदेशको अधिकार सूचीको बिवाद होला । तर अन्य हरेक मुद्दामा आन्दोलनको चेतावनी दिने प्रदेश सरकार र मधेशवादी दलहरुले यसको लागि खोई आन्दोलन गरेको ?
मुख्यमन्त्री लाल बाबु राउतज्यूले उद्योगपती चौधरीका भाषण लाई सुझावको रुपमा ग्रहण गर्नुभएको होला भने विश्वास छ । मूख्यमन्त्रीज्यू, वाईवाई आजको दिनमा ती व्यक्तिका रहेनन् भन्ने ठ्म्या वाइवाइ उत्पानद गर्ने मालिक स्वम भन्नुहुन्छ । वाइवाइ सम्पूणर् नेपालीको हुनसक्छ भने तपाईँका मित्र अर्थात उद्योगपति विनोद चौधरी जस्ता लगानीकर्ता संग सहकार्य गरी प्रदेश-२ मा औद्योगीकरण लाई हुर्काउन एतिहाषिक कदम चाल्नुस ।
माननीय विनोद चौधरीज्यूले जानकी मंदिरको प्राङ्गण मा चल्दै गरेको लिट्रेचर फेस्टिभल मा आफैले भन्नु भयो, ‘म मधेशी कोटा बाट सभासद बनेको थिए । अहिले संघीय संसदमा आफुलाई प्रतिनीधित्व गर्दै छु । मधेशको लागि केही राम्रो गर्न पाएँ भने खुशी हुन्थे…।’




