जनकपुर – मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुनुभन्दा ४७ वर्षअघि राजामाथि बम प्रहार गरी गणतान्त्रिक नेपालको शंखघोष गर्ने सहिद दुर्गानन्द झाको ५८ औं स्मृति दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
तत्कालीन शाहीसत्ताले मुलुकी ऐन संशोधन गरेर मृत्युदण्ड दिने सम्भवतः उनी एक्लो सहिद हुन् । निर्वाचित संविधानसभाको पहिलो बैठकबाट विसं २०६५ साल जेठ १५ गते नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो । तर सहिद दुर्गानन्द झाले जनकपुर भ्रमणमा आएका राजा महेन्द्रमाथि २०१८ साल माघ ९ गते जानकी मन्दिर प्रांगणमा बम प्रहार गरेका थिए ।



यद्यपि बम प्रहारबाट राजा महेन्द्रलाई केही हानी भएन । बरु उनको गाडीमा मात्र क्षति पुगेको थियो । तैपनि घटना भएको दुई वर्षपछि २०२० साल माघ १५ गते उनलाई सुन्धारास्थित केन्द्रीय कारागारमा फाँसीमा झुण्ड्याई हत्या गरिएको थियो ।
सहिद झा पारम्परिक मैथिल ब्राह्मण समाजका थिए । धनुषाको सीमावर्ती जटही गाउँमा विसं १९९४ वैशाख १४ गते जन्मिएका उनलाई राज्यसत्ताले फाँसी दिँदा उनी २१ वर्षका मात्र थिए ।
त्यसबेला मुलुकी ऐन १९१० अनुसार ब्राह्मणलाई मृत्यु दण्ड दिन नपाइने व्यवस्था थियो । ब्राह्मणलाई मृत्युदण्ड नदिने व्यवस्थाकै कारण विसं १९९७ सालमा टंकप्रसाद आचार्य र रामहरि शर्मालाई मृत्यृदण्ड नदिई आजीवन कारावासको सजाय सुनाइएको थियो । दुर्गानन्द झाको हकमा भने राजा महेन्द्र अत्यन्तै निर्मम देखिएका थिए ।
वरिष्ठ पत्रकार तथा स्वतन्त्रता सेनानी राजेश्वर नेपालीका अनुसार झालाई मृत्युदण्ड दिन विसं २०२० भदौ १ गते मुलुकी ऐनमा संशोधन गरिएको थियो ।
सहिद झाका बालसखा तथा प्रतिनिधिसभा सांसद स्मृतिनारायण चौधरीका अनुसार दुर्गानन्द झाकी आमा सुकुमारी देवीले राजा महेन्द्रसमक्ष छोरालाई माफ गरिदिन लिखित उजुरीसमेत दिएकी थिइन् । तर राजा महेन्द्रले स्वीकार गरेनन् । लेखपढ र खेलकुदमा अब्बल दुर्गानन्द झा भारतीय गाउँ उमगांवमा अध्ययनरत थिए । २०१५ सालको प्रथम आमनिर्वाचनमा उनले नेपाली कांग्रेसको लागि चुनाव प्रचारसमेत गरेका थिए ।
नेपाली कांग्रेसको औपचारिक निर्णय अनुसार राजा महेन्द्रमाथि बम प्रहार गरिएको सांसद चौधरीको भनाइ छ । ‘२०१७ सालमा जननिर्वाचित कांग्रेस सरकारलाई अपदस्थ गरेपछि कांग्रेसले आन्दोलन घोषणा गरेको थियो । नेपाली कांग्रेसकै नेताहरूले दुर्गानन्द झा र अरविन्द ठाकुरलाई बम उपलब्ध गराएको थिए,’ सांसद स्मृतिनारायण चौधरीले भने ।
राजा महेन्द्रमाथि बम प्रहार गर्ने घटनामा सहभागी अरविन्द ठाकुर पनि उनीसँगै केन्द्रीय कारागारमा थिए । दिवंगत हुनुअघि ठाकुरले भनेका थिए ’दुर्गानन्दजीलाई जेलभित्रकै एउटा रुखको हांगामा पासो लगाइएको थियो तर हांगा भाचियो अनि गोली ठोकी हत्या गरियो ।’
२०१७ साल पुस १ गते बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागू गरेपछि नेपाली कांग्रेस आन्दोलित बनेको थियो र राजतन्त्रात्मक व्यवस्थाको विरोधमा जनकपुरका दुर्गानन्द झा र अरविन्द ठाकुरले राजामाथि बम प्रहार गर्ने जिम्मा लिएका थिए ।
आमा बुबाको एकमात्र सन्तान दुर्गानन्द झालाई २१ वर्षको अल्पायुमा मृत्युदण्ड दिइएको थियो । छोराको मृत्युपछि आमा सुकुमारी देवी र श्रीमति काशी देवी अत्यन्तै कष्टमय जीवन बिताएका थिए । पहिलो संविधानसभामा तराई मधेस लोकतान्त्रिक पार्टीले काशी देवी झालाई समानुपातिक सांसद तथा कानुन राज्यमन्त्री बनाए पनि नेपाली कांग्रेसले उनको लागि खासै केही गर्न सकेको छैन ।
दुर्गानन्द झा नेपालका प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा शहीद हुन्। २०१७ पुष १ गतेको कदम पछि पञ्चायती व्यवस्था विरूद्ध उत्रेका उनले २०१८ माघ ९ गते जनकपुरमा राजा महेन्द्र चढेको गाडीमा बम प्रहार गरेका थिए।सोही अभियोगमा पक्राऊ परेका उनलाई पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो।
दुर्गानन्द झाको जन्म १९९९ साल वैशाख १४ गते धनुषाको दक्षिणी गाउँ जटियामा आमा सुकुमारी देवी झा को गर्भबाट भएको थियो। बाबु देवनारायण झा उनी सानो छँदै बितेका थिए।ृ३े दुर्गानन्द सानैदेखि राम्रो फूटबल खेलाडी थिए र राम्रो गीत पनि गाउँथे। नेपालको जटही गाउँमा प्राथमिक शिक्षा पाएपछि अगाडिको पढाइ त्यहाँ नहुने भएकोले उनी माध्यमिक तहको अध्ययनको लागि भारतको उँमगाउँको एउटा विद्यालयमा भर्ना भए।
१८ वर्षे दुर्गानन्दले जानकी मन्दिर नजिक सेना र गुप्तचरका आँखा छल्दै ग्रिनेड प्रहार गरेका थिए। प्रहारबाट राजा महेन्द्र चढेको ल्याण्डरोभर गाडीको पछाडिपट्टि सामान्य क्षति भएपनि राजालाई केही भएन। त्यसपछि दुर्गानन्द झा भागेर भारतमा रहेको सशस्त्र क्याम्पमा पुगे। यता दुर्गानन्दका परिवार, आफन्त, इष्टमित्र, छरछिमेक, काङ्ग्रेस नेता लगायत ५६ जनालाई पक्राउ गरी ठूलो यातना दिइयो। दुर्गानन्द आफन्त, इष्टमित्रले पाएको यातनाबाट दुःखी भएर तत्कालीन सरकारलाई चिट्ठी लेख्दै गिरफ्तारी दिए। गिरफ्तार गरी जलेश्वर जेलमा एक रात राखेपछि परकौली सैनिक क्याम्पबाट उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याई सुन्धारा स्थित भद्रगोल जेलमा राखियो।
यो केसको छानविन गर्नका लागि एक विशेष अदालतको गठन गरिएको थियो।ृ४े २०१९ भदौ १९ मा उनलाई कुनै सुनुवाईको मौका नै नदिई मृत्युदण्डको सजाय तोकिएको थियो। उनलाई २१ वर्षको उमेरमा २०२० साल माघ १५ गते मध्यराती केन्द्रीय कारागारमा पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो।
मृत्युदण्डको अघिल्लो दिन २०२० साल माघ १४ गते उनले आमा र श्रीमतीलाई केही बेर भेटेर सान्त्वना दिए। दुर्गानन्दलाई विभिन्न शारिरीक र मानसिक यातना दिएर माफी मागी बिन्तीपत्र लेख्न भन्दा पनि उनले मानेनन्। फलत उनलाई मृत्युदण्ड दिइयो। आमा लगायत परिवारले माग्दा पनि पञ्चायत सरकारले उनको लास दिएन। कुशको लास बनाएर भारतको गयामा उनको दाहसंस्कार भयो। दुर्गानन्दकी आमाको २०६० भदौ ३१ गते निधन भएको छ।
जनकपुर बम काण्ड वि.सं. २०१८ माघ ९ गते घटेको हो । वि .सं. २०१७ सालमा राजा महेन्द्र वीर विक्रम शाहद्वारा गरिएको कदमपछि नेपाली काँग्रेसको पटना सम्मेलनमा देशभर सशस्त्र क्रान्ति गर्ने निर्णय भएको थियो। उक्त निर्णय बमोजिम वि.सं. २०१८ सालमा तत्कालिन राजा महेन्द्रको जनकपुर भ्रमणको बेला दुर्गानन्द झाले बम प्रहार गरे।




