काठमाण्डौं- करिब ५ बर्ष देखि लुज फोरमको रुपमा संचालित सुचनाको हकका लागि राष्ट्रिय संजाल अब सूचनाको हकका लागि राष्ट्रिय महासंघका रुपमा विधिवत दर्ता भएको छ ।
सात वटै प्रदेश र ७७ जिल्लामा आफ्ना शाखा रहँने यो महासँघ सात वटै ७ वटा नयाँ सँस्था दर्ता गर्नुको साथै समान उद्देश्य भएका ५ वटा सँस्था गरी १२ वटा जिल्लामा जिल्ला संगठनको सहभगितामा राष्ट्रिय महासंघ बनेको हो ।



विगत ४ वर्ष देखि सञ्जालको नेतृत्व गर्दै आएका सुदुरपश्चिमका बरिष्ठ पत्रकार उमीद बागचन्द महासंघको अध्यक्षको नेतृत्व लिनु भएको छ भने सूचनाको हक डट कमका संचालक दीपक आचार्य उपाध्यक्ष रहनु भएको छ । सचिवमा उदयपुरका पत्रकार अजय कुमार साह र कोषाध्यक्षमा पर्वत जलजला निबासी सूचना अभियन्ता दुर्गा आचार्य रहनु भएको छ ।
पर्वत मोदी निबासी आरटिआइ अभियन्ता इन्दिरा बस्नेत, कालिकोटका पत्रकार खगेन्द्र भट्टराई, नेपालगंजकी सरस्वति तिवारी, धनगढ़ीका पत्रकार राजेश बागचन्द, कुलेश्वर काठमाडौं निबासी अधिवक्ता दुर्गा तिवारी सदस्य रहने गरि आज महासंघ दर्ता भएको हो ।
काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले सूचनाको हकका अभियन्ताहरुलाई दर्ता प्रमाण पत्र दिदै अभियानको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
सो अवसरमा सुचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमीद बागचन्दले प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल लगायत देश भरीका यो अभियानलाई सघाउनु हुने सम्पुर्ण मानूभावहरु, अभियान्ताहरु, सुचनाको हकका लागि जिल्ला सञ्जालका साथिहरु सबैलाई धन्यवाद दिनु भयो ।

तदर्थ समितिका रुपमा रहेको यो केन्द्रीय समितिले पहिलो महाधिवेसन पछि केन्द्रीय अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सातवटै प्रदेशमा ७ जना उपाध्यक्षहरु, महासचिव, एक महिला एक पुरुष २ जना सचिव, कोषाध्यक्ष १ र १४ जना सदस्यहरु र ४ जना मनोनित हुने व्यवस्था विधान गरेको छ ।




