काठमाडौं – नाबालिगालाई बलात्कार गरेको आरोपमा केही दिनदेखि फरार कलाकार पल साहले प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका छन्।
आइतबार बिहान सवा ११ बजे फेसबुकमार्फत जानकारी दिँदै उनले घरायसी कामका कारण र प्रदर्शनमा आएको आफू अभिनित फिल्मलाई असर नपरोस भनेर प्रहरीकहाँ नआएको लेखेका छन्। उनले आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको पनि जनाएका छन्।



१८ वर्षमुनिका बालिकालाई बलात्कार गरेको आरोप लागेका उनीविरुद्ध तनहुँ जिल्ला प्रहरीमा जबर्जस्तीकरणी मुद्दा दायर भएको छ। मुद्दा दायर भएलगत्तै उनलाई प्रहरीले खोजिरहेको जनाएको थियो।




