जनकपुरधाम- धनुषा कांग्रेस सभापतिमा याेगेन्द्र पजियारको जित सुनिश्चित भएको छ । शेखर कोइराला समुहले निधि समुहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गर्ने भएपछि पजियारको जित सुनिश्चित भएको हो ।
बुधवार ९ बजे राती जनकपुरधामको मिल्स एरिया स्थित निधी निवासमा पत्रकार सम्मेलनको आयोजना गरि कोइराला समुहले पजियारलाई समर्थन गरेको घोषणा बारे जानकारी गराएको छ ।



निधी निवासमा नेता विमलेन्द्र निधी सहित सभापतीमा तेस्रो स्थानमा आएका स्वयं दिनेश यादव प्रसैला तथा कोइराला समुहका नेताहरु रामकृष्ण यादव, डा.चन्द्र मोहन यादव र प्रथम स्थानको मत पाएका पजियारको समेत उपस्थिती रहेको थियो ।
पत्रकार सम्मेलमा प्रसैलाले धनुषा कांग्रेस मिलेर अगाडि बढाउनलाई पजियारलाई समर्थन रहेको बताए।
मंगलवार अवेर राती सम्म सम्पन्न पहिलो चरणको मतपरिणाम अनुसार सभापतिका उम्मेदवार योगेन्द्र पजियार १ हजार २४८ मत ल्याउँदै अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्दी संतोष यादवले ८८२ मत ल्याएका छन् । त्यस्तै, अर्का उम्मेदवार दिनेश प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका छन् । १५८ वटा मत भने बदर भएको छ । अव दोस्रो चरणको लागि भोली विहिवार मतदान हुने निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।
निर्वाचन समितिले दोस्रो चरणको निर्वाचनको समय समेत तोकेको छ । निर्वाचन समितिका सदस्य रामगुलाम कर्णका अनुसार दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ८ बेजेदेखि ११ बजे सम्मको समय तोकिएको बताए ।
https://www.facebook.com/100002360103890/videos/pcb.4941276929294262/508056187335129
https://www.facebook.com/100002360103890/videos/pcb.4941276929294262/3051041028441822
https://www.facebook.com/100002360103890/videos/pcb.4941276929294262/382132980023695
https://www.facebook.com/100002360103890/videos/pcb.4941276929294262/518025053175259
https://www.facebook.com/100002360103890/videos/pcb.4941276929294262/652969719343705
https://www.facebook.com/100002360103890/videos/pcb.4941276929294262/449353366879868




