धनुषा : स्थानीय तह निर्वाचनको समय नजिकिदै जाँदा विभिन्न राजनीतिकदल भित्रमेयर उपमेयर पदमा उम्मेदवार बन्नका लागि अकाँक्षीहरु देखिनथालेका छन ।
आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि धनुषाजिल्लाको नगराईन नगरपालिकामा मेयरपदका लागि नेपाली काँग्रेसबाट मात्रै सातजना अकाँक्षी देखिएका छन । अन्य राजनीतिक दलमा पनिआकाँक्षीहरुको अवस्थाभने उस्तै नै देखिएको छ ।



नेपालीकाँग्रेसमा मेयरपदका लागि देखिएका अकाँक्षीहरुमा युवा नेताप्रवेश कुमार चौधरी ,श्याम निधिउपनामले चिनिने धिरेन्द्र कुमार निधि ,दिनेश चन्द्र दिपक, विनययादव ,देव चन्द्र झा ,राम स्नेहीयादव र उपेन्द्र साहको नामचर्चामा रहेको छ । आकाँक्षीहरु धेरै देखिएपनि काँग्रेसका प्रभावशालीयुवा नेताचौधरी ,नेपालीकाँग्रेस धनुषा क्षेत्र नं.३ का सभापतिनिधि र महाधिवेशन प्रतिनिधि दिपक प्रतिकाँग्रेस कार्यकर्ताहरुको झुकाव देखिएको छ ।
नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ अर्थात विद्यार्थी राजनीतिबाटै आफनो राजनीति प्रारम्भ गरी वर्तमान पार्टीको राजनीतिमा सक्रिय रहेकायुवा नेताचौधरी अहिले सम्मकुनै अवसर पाएका छैनन् । पार्टीमा समेत महाअधिवेशन प्रतिनिधिको अवसर नपाएको कारण यस पटक उनलाई पार्टीले मेयरको लागिअवसर दिनु पर्ने तर्कनगराईन नगरपालिकाका काँग्रेस कार्यकर्ताहरुको रहेको छ । त्यसैगरी अर्का आकाँक्षी निधितीननम्बर क्षेत्रमा पार्टीको नेतृत्व गरीरहनु भएको छ भने आकाँक्षी मध्ये कादिपक यस अघि पार्टी नेतृत्वमा काम गरि सक्नु भएको छ । मेयरका लागि आकाँक्षी देखिएका काँग्रेस युवा नेता चौधरीको पक्षमा भने युवाहरुको जमात देखिएको छ ।
वि.सं. २०५४ सालमा राजेश्वर निधि उच्च माध्यमिक विद्यालय नगराईनमा नेविसंघको स्कुलइकाई समितिको सदस्यबाट राजनीतिमा सक्रिय हुनु भएका चौधरी वि.सं.२०५९ सालमा नेवि संघको जिल्ला सभापतिहुनु भएको थियो । दुइकार्यकाल नेवि संघको जिल्ला सभापतिभएर कामकाज गरेका चौधरी वि.सं.२०६० सालमा नेपाली काँग्रेसको सक्रिय सदस्यभएर काँग्रेस पार्टीमा युवा नेताको रुपमा पहिचान बनाउन सफलहुनु भएको हो । चौधरी काँग्रेसको क्षेत्रिय प्रतिनिधि हुँदै वि.स.२०७५ सालमा नेपाली काँग्रेसको जिल्ला समितिको सदस्य भएर कामकाजगरि सक्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीति कशास्त्रमा स्नाकोत्तर सम्मका पढाइ गरेका चौधरी सामाजिक क्षेत्रमा पनि समय समयमा सक्रिय भूमिका निर्वाह गरिरहनु हुन्छ । उहाँ जमुनी कटहा सिंचाई उपभोक्ता समितिको अध्यक्ष भएर समेत काम गरि सक्नु भएको छ । उत्तरदायी नेतृत्वप्रदान गरी उपभोक्त्ता समितिको अध्यक्षभएको बेलानहरमा देखिएको अतिक्रमण हटाएर किसानहरुलाई सिंचाइका लागि पर्याप्त पानीको व्यवस्थापनको आधार तय गर्नु भएको छ ।
कोरोना महामारीको समयमा पनि नगराईन नगर क्षेत्रमा सक्रिय भएर आमनागरिक लाई मास्क ,सेनिटाइजर ,चिकित्सकहरुलाई पिपिइ सेट समेत उहाँले निजिश्रोतबाट उपलब्ध गराउनु भएको थियो । स्वास्थ्य ,शिक्षा एवम विकास निमार्णको काममा सदैव सक्रियतापुर्वक सहभागिहुने युवा नेताको रुपमाआफनो छाप छोडन सफलभएका चौधरीलाई अन्यदलका नेता कार्यकर्ताले समेत रुचाउने गरेको देखिन्छ ।




