सांकेतिक फोटो
महोत्तरी- महोत्तरीमा एक मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
गएराति एकडारा गाउँपालिका–५ बहेरा स्थित जिबछ साहले सञ्चालन गरेको शिबम मोटरसाईकल ग्यारेजमा अचानक आगलागी हुँदा सात लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।



आगलागीबाट ग्यारेज भित्र रहेको मोटरसाईकल मर्मत गर्ने बिभिन्न किसिमको सामानहरु तथा मोटर पार्टसलगायत गरी सात लाख रुपैया बराबरको क्षती भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




